भालुको आक्रमणबाट दुईजना घाइते

Published on

काठमाडौँ । डोटीमा जङ्गली भालुको आक्रमणबाट एक दम्पती घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका-६ स्याडाका ६० वर्षीय करी साउद र निजको श्रीमती ५८ वर्षीया दुर्गा साउद घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सुूचना अधिकारी, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार सोमबार राति घर नजिकै रहेको खेतबारीको रेखदेख गर्ने क्रममा भालुले आक्रमण गरेको हो । घाइतेलाई मङ्गलबार बिहान उपचारका लागि जिल्ला अस्पताल सिलगढी ल्याइएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभए छि घाइते दुबै जनालाई सेती प्रादेशिक अस्पताल कैलाली पठाइएको छ । घाइते दुबै जनाको अवस्था गम्भीर छ । घाइतेहरुको टाउको, मुख, हात तथा खुट्टामा गम्भीर चोट पुगेको छ । डोटीमा जङ्गली जनावरको आक्रमणबाट वर्षेनी मानिसहरू घाइते हुने तथा ज्यान जाने गरेको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...