ट्रक दुर्घटनामा चालक घाइते

Published on

काठमाडौँ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका-९, बागवानी जङ्गलमा ट्रक पल्टिँदा चालक घाइते भएका छन् । फलाम बोकेर पूर्वतर्फ हिँडेको ना. ७ ख ८६१ नम्बरको ट्रक मङ्गलबार राति उष्णप्रदेशीय बागवानी केन्द्रको गेट नजिकै अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा ट्रक चालक पर्साको वीरगन्ज महानगरपालिका–१४, गण्डक निवासी ४५ वर्षीया इन्द्रबहादुर तामाङ घाइते भएका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । हातमा चोट लागेर घाइते तामाङको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयो । पल्टिएको ट्रक घटनास्थलमा नै छ । धमाधम विस्तार भइरहेको राजमार्गमा स्काभेटर लगाएर खनिरहेको र खनेको भागतर्फ धेरै मोड्दा ट्रक अनियन्त्रित भएर पल्टिएको हुन सक्ने आशङ्का गरिएको छ ।

ताजा समाचार

भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार

काठमाडौँ । म्यानमारमा गएको ७.९ म्याग्निच्यूडको भूकम्पको पाँच दिनपछि बुधबार म्यानमाको नेपिडोको एक होटल...

सञ्चारमाध्यमको प्रभावकारी सञ्चालनमा चुनौती : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रम, मिथ्या एवं संशयपूर्ण सामग्रीबाट जनता भ्रमित हुन नदिने...

सहकारी उत्पादनसँग जोडिनुपर्छ : मुख्यमन्त्री आचार्य

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशले समृद्धिको लक्ष्य पूरा गर्नका लागि सहकारी...

नेपाल र थाइल्यान्डबिचको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्यान्डबिचको आपसी सम्बन्ध...