ट्रक दुर्घटनामा चालक घाइते

Published on

काठमाडौँ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका-९, बागवानी जङ्गलमा ट्रक पल्टिँदा चालक घाइते भएका छन् । फलाम बोकेर पूर्वतर्फ हिँडेको ना. ७ ख ८६१ नम्बरको ट्रक मङ्गलबार राति उष्णप्रदेशीय बागवानी केन्द्रको गेट नजिकै अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा ट्रक चालक पर्साको वीरगन्ज महानगरपालिका–१४, गण्डक निवासी ४५ वर्षीया इन्द्रबहादुर तामाङ घाइते भएका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । हातमा चोट लागेर घाइते तामाङको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयो । पल्टिएको ट्रक घटनास्थलमा नै छ । धमाधम विस्तार भइरहेको राजमार्गमा स्काभेटर लगाएर खनिरहेको र खनेको भागतर्फ धेरै मोड्दा ट्रक अनियन्त्रित भएर पल्टिएको हुन सक्ने आशङ्का गरिएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...