राप्ती नदी कटान नियन्त्रणका लागि ५० लाख विनियोजन

Published on

काठमाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिका ७ स्थित खल्ला झगडिया र आसपासको क्षेत्रमा राप्ती नदीले तीव्र रूपमा गरिरहेको कटान नियन्त्रणका लागि लुम्विनी प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । तिव्र कटानका कारण नदी गाउँ पस्ने जोखिम बढेपछि लुम्बिनी प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले राप्तीनदी नियन्त्रणका लागि तत्काल तटबन्धनको काम अघि बढाउन ५० लाख रुपियाँ बजेट विनियोजन गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले राप्ती नदीको कटान नियन्त्रणलाई तत्काल सम्बोधन गर्न बजेट विनियोजन गरेको बाँके क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य सुर्य ढकालले जानकारी दिनुभयो । सांसद ढकालले भन्नुभयो,‘ सम्माननिय प्रधनमन्त्रीज्यू र मुख्यमन्त्री ज्यूको निर्देशनपछि तत्काल काम अघि बढाउन बजेट विनियोजन भएको छ , आगामी बजेटमा थप बजेट विनियोजन हुने आशा राखेका छौं ।

सांसद ढकालको आग्रहमा केही महिना पहिले मुख्यमन्त्री आचार्य राप्ती नदीको कटानको स्थलगत अनूगमन तथा निरीक्षणका लागि सो स्थानमा पुग्नुभएको थियो । यसअघि सांसद ढकालले कटान नियन्त्रणको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउनुभएको थियो भने संसदमा पटक–पटक सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । कटान नियन्त्रणका लागि राज्यको ध्यानाकर्षण गराउन प्रतिनिधीसभा सदस्य ढकालको नेतृत्वमा स्थानीय बासिन्दाले प्लेकार्डसहित कटानस्थलमै प्रदर्शन समेत गरेका थिए । वर्षायाममा नदीमा पानीको बहाव बढेमा राप्तीसोनारीको वडा नम्बर ७ र नरैनापुर गाउँपालिका सम्पूर्ण रुपमा प्रभावित हुने भएकाले नदी कटान नियन्त्रणका लागि आवश्यक भएको ढकालको भनाइ छ। यसअघि सो ठाउँमा अस्थायी तटबन्ध भत्काएकोमा बजेट अभावले पुन निर्माण नगरिएपछि फेरी कटान तिव्र भएको छ ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...