राप्ती नदी कटान नियन्त्रणका लागि ५० लाख विनियोजन

Published on

काठमाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिका ७ स्थित खल्ला झगडिया र आसपासको क्षेत्रमा राप्ती नदीले तीव्र रूपमा गरिरहेको कटान नियन्त्रणका लागि लुम्विनी प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । तिव्र कटानका कारण नदी गाउँ पस्ने जोखिम बढेपछि लुम्बिनी प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले राप्तीनदी नियन्त्रणका लागि तत्काल तटबन्धनको काम अघि बढाउन ५० लाख रुपियाँ बजेट विनियोजन गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले राप्ती नदीको कटान नियन्त्रणलाई तत्काल सम्बोधन गर्न बजेट विनियोजन गरेको बाँके क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य सुर्य ढकालले जानकारी दिनुभयो । सांसद ढकालले भन्नुभयो,‘ सम्माननिय प्रधनमन्त्रीज्यू र मुख्यमन्त्री ज्यूको निर्देशनपछि तत्काल काम अघि बढाउन बजेट विनियोजन भएको छ , आगामी बजेटमा थप बजेट विनियोजन हुने आशा राखेका छौं ।

सांसद ढकालको आग्रहमा केही महिना पहिले मुख्यमन्त्री आचार्य राप्ती नदीको कटानको स्थलगत अनूगमन तथा निरीक्षणका लागि सो स्थानमा पुग्नुभएको थियो । यसअघि सांसद ढकालले कटान नियन्त्रणको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउनुभएको थियो भने संसदमा पटक–पटक सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । कटान नियन्त्रणका लागि राज्यको ध्यानाकर्षण गराउन प्रतिनिधीसभा सदस्य ढकालको नेतृत्वमा स्थानीय बासिन्दाले प्लेकार्डसहित कटानस्थलमै प्रदर्शन समेत गरेका थिए । वर्षायाममा नदीमा पानीको बहाव बढेमा राप्तीसोनारीको वडा नम्बर ७ र नरैनापुर गाउँपालिका सम्पूर्ण रुपमा प्रभावित हुने भएकाले नदी कटान नियन्त्रणका लागि आवश्यक भएको ढकालको भनाइ छ। यसअघि सो ठाउँमा अस्थायी तटबन्ध भत्काएकोमा बजेट अभावले पुन निर्माण नगरिएपछि फेरी कटान तिव्र भएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...