अफगानिस्तान यु-१९ विरुद्ध नेपाल ८५ रनले विजयी

Published on

काठमाडौँ । नेपाल यु–१९ क्रिकेट टिमले अफगानिस्तानलाई ८५ रनले हराएको छ। टस हारेर सुरुम ब्याटिङको निम्तो पाएको नेपालले डिएलएस पद्धतिबाट ८५ रनको शानदार जित निकालेको हो। तीन खेलको एक दिवसीय शृङ्खलामा नेपालको यो सान्त्वना जित हो। बुधबार मुलपानी क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याइरहेको अफगानिस्तानले २०।१ ओभरमा ब्याटिङ गर्दै गर्दा पानी परेको थियो। पानी परेर खेल सञ्चालन हुने अवस्था नभएपछि डिएलएस पद्धतिबाट खेलको निर्णय गरिएको हो।

पानी पर्नुअघि अफगानिस्तानले २०.१ ओभरमा ४६ रन बनाउँदा ६ विकेट गुमाएको थियो। अन्तिम खेलमा अफगानिस्तानको ब्याटिङ लाइनलाई रोक्न नेपालका बलरले कसिलो बलिङ गरेका थिए। नेपालका लागि अपराजित पौडेलले दुई विकेट लिनुभयो भने दयानन्द मण्डल, विपिन शर्मा, सन्तोष यादव र अशोक धामीले एकएक विकेट हात पार्नुभयो। अफगानिस्तानका फैसल सिनोजादा र अजिजुल्लाह मिया खिलबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरको अंकमा रन जोड्न सकेनन्। फैसलले ४२ बलमा १६ रन जोड्नुभयो भने नटआउट रहनुभएका अजिजुल्लाहले २९ बलमा १५ रन जोड्नुभयो। मुलपानी क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको नेपालका लागि साहिल पटेलले ४६, निरजकुमार यादव ४२, रोशन विश्वकर्मा २८, कप्तान नरेन भट्ट २२ र दर्स सुनुवारले १० रन बनाउनुभएको थियो। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

अफगानिस्तानका हाफिज जद्रानले चार विकेट हात पार्नुभयो भने अब्दुल अजिज र जइतुल्लाह साहिलले समान दुईदुई विकेट हात पार्दा रुहुल्लाह अरब र मेहेबुब खानले एकएक विकेट हात पर्नुभयो। ४४.५ ओभरमा अलआउट हुँदै नेपालले १९१ रन बनाएको हो। यसअघिको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानले नेपाललाई एक रन हराएको थियो। लगातार दुई खेल हारेको नेपालले सान्त्वना जिते निकाल्दै प्रतियोगितामा समापन गरेको हो।

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...