ओखलढुङ्गामा चट्याङले पाँच जना घाइते

Published on

काठमाडौँ । ओखलढुङ्गाको लिखु गाउँपालिकामा चट्याङ लागेर पाँच जना घाइते भएका छन् । लिखु गाउँपालिका–५ मझुवाका ४६ वर्षका हर्क श्रेष्ठ, केशरी सुनुवार, कृष्णमाया सुनुवार विष्णुमाया सुनुवार र भोजबहादुर सुनुवार चट्याङ लागेर घाइते हुनुभएको हो । उहाँहरूको टाउको हातखुट्टा, घाँटी, ढाँड र कम्मरमा सामान्य चोट लागेको स्थानीय शिव सुनुवारले जानकारी दिनुभयो । घाइते सबैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको लिखु गाउँपालिकाका प्रवक्ता तथा वडा नंं. ५ का वडाध्यक्ष मोहन कार्कीले बताउनुभयो । चट्याङले सोही गाउँका ५० घरधुरीको विद्युत् मिटर बक्स र वायरिङमा क्षति गरेको छ । क्षतिको एकिन विवरण आउने क्रममा रहेको प्रवक्ता कार्कीले बताउनुभयो । लिखुमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...