आदिवासीलाई १८ प्रतिशत कोटा छुट्टयाइएको छः स्वास्थ्यमन्त्री मगर

Published on

काठमाडौँ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु मगरले लुम्बिनी सरकारले आदिवासीलाई निजामतीमा १८ प्रतिशत कोटा छुट्टयाइएको बताउनुभएको छ । शुक्रबार लुम्बिनीको बुद्धभुमीमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौं सङ्घीय महाधिवेशनलाई शुभकामना व्यक्त गर्दै लुम्बिनी सरकार आदिवासी जनजातिहरुको हितमा हुने गरी काम गर्दै आएको बताउनुभयो । लुम्बिनी सरकारले नेपालको कानुन अनुसार पूर्ण समावेशी ध्यान दिएर काम गरिरहेको समेत बताउनुभयो । आदिवासी जनजातिका मातृ भाषा, साहित्यको प्रवर्धनका लागि प्रदेश सरकारले लुम्बिनीका आदिवासी जनजाति थारु र मगरको भाषालाई सरकारी कामकाजि भाषा बनाउने तयारीमा रहेको बताउनुभयो । त्यसका लागि भाषा आयोग र सम्बन्धित समुदायका अगुवाहरुसंग छलफल भइरहेको समेत बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...