आइसिसी यु–१९ विश्वकप : नेपालको विजयी सुरुवात

Published on

काठमाडौँ । नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोट क्रिकेटमा विजयी सुरुवात गरेको छ ।माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाँच रनले हरायो । वर्षाले प्रभाविक खेलमा नेपालले यूएईलाई डकवर्थ–लुइस (डिएलएस मेथोड)का आधारमा हराएको हो । ४० ओभरमा खेलाइएको खेलमा जितका लागि नेपालले दिएको दुई सय एक रनको लक्ष्य पछ्याएको संयुक्त अरब इमिरेट्स (यूएई) ले ३६ ओभरमा सात विकेटको क्षतिमा एक सय ७१ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो । त्यसपछि वर्षा र अप्रयाप्त प्रकाशको कारण खेल फेरि हुन नसक्दा नेपाल डिएलएसका आधारमा विजयी बनेको हो ।

यूएईका यायिन किरण राईले अविजित एक सय चार रन बनाउनुभएको थियो । यस्तै मुहम्मद रायन खानले ३५ र करण धिमन १५ रन बनाउनुभयो । बलिङमा नेपालका अशोक धामी र सन्तोषकुमार यादवले दुई दुई तथा अभिषेक तियारी र नरेन भट्टले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा नौ विकेटको क्षतिमा दुई सय रन बनाएको थियो । मैदान हिलो भएका कारण टसमा ढिलाइ भएका कारण खेललाई ४० ओभरमा झारिएको थियो । नेपालका लागि कप्तान नरेन भट्टको अर्धशतकीय इनिङ्स खेल्नुभयो । नरेनले ७५ बलमा सात चौकाको सहयोगमा सर्वाधिक ६७ रन बनाउनुभयो ।यस्तै दिलसद अलीले ३४, शहिल पटेलले ३२, नीरजकुमार यादवले १८, सन्तोष यादवले ११ र अशोक धामीले अविजित १० रन बनाउनुभयो ।

बलिङमा यूएईका युदिश सुरीले तीन विकेट लिनुभयो । युग शर्मा र शलोम डी सुजाले दुई दुई तथा अलिअस्गर शम्स र करण धिमनले एक एक विकेट झार्नुभयो । यस्तै मुलपानी मैदानमा आइतबार नै भएको अर्को खेलमा अफगानिस्तानले ओमानलाई आठ विकेटले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ३६.२ओभरमा सबै विकेटको क्षतिमा ९० रन बनाएको थियो । ९१ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ११.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । छनोटमा नेपाल, यूएई, अफगानिस्तान, हङकङ र ओमानको सहभागिता रहेको छ ।

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...