कञ्चनपुरका दुई पालिकाले संयुक्त रुपमा दमकल खरिद गर्ने

Published on

काठमाडौँ । आगलागीको जोखिमलाई मध्यनजर गर्दे कञ्चनपुरका दुई पालिकाले संयुक्त रुपमा अग्नि नियन्त्रक दमकल खरिद गर्ने निर्णय गरेका छन् । गर्मी बढ्दै गएपछि आगलागीका घटना न्यूनीकरणमा सहजता होस भन्न बेलौरी नगरपालिका र लालझाँडी गाउँपालिकाले मिलेर दमकल खरिद गर्ने निर्णय गरेका हुन् । बिहीबार बेलौरी नगरपालिकामा बसेको पालिकाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । अग्नि नियन्त्रक दमकल खरिदका लागि लालझाँडी गाउँपालिकाले ३५ प्रतिशत र बेलौरी नगरपालिकाले कुल मूल्यको ६५ प्रतिशत खर्च बेहोर्ने गरी साझेदारीमा दमकल खरिद गर्न लागिएको बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले बताउनुभयो । आगलागी जन्य ठुला घटनाबाट धनजनको क्षति न्यूनीकरणमा मदत पुग्ने अपेक्षा गरिएको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताउनुभयो । हाल बेलौरी नगरपालिका लालझाँडी गाउँपालिकामा दमकल अभाव छ । चालु आर्थिक वर्ष भित्रै दमकल खरिद गरिसक्ने बेलौरी नगरपालिकाका मेयर चौधरीले बताउनुभयो । उहाँले एक साता भित्रै दमकल खरिदका लागि टेण्डर आह्वान गरिने बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...