कञ्चनपुरका दुई पालिकाले संयुक्त रुपमा दमकल खरिद गर्ने

Published on

काठमाडौँ । आगलागीको जोखिमलाई मध्यनजर गर्दे कञ्चनपुरका दुई पालिकाले संयुक्त रुपमा अग्नि नियन्त्रक दमकल खरिद गर्ने निर्णय गरेका छन् । गर्मी बढ्दै गएपछि आगलागीका घटना न्यूनीकरणमा सहजता होस भन्न बेलौरी नगरपालिका र लालझाँडी गाउँपालिकाले मिलेर दमकल खरिद गर्ने निर्णय गरेका हुन् । बिहीबार बेलौरी नगरपालिकामा बसेको पालिकाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । अग्नि नियन्त्रक दमकल खरिदका लागि लालझाँडी गाउँपालिकाले ३५ प्रतिशत र बेलौरी नगरपालिकाले कुल मूल्यको ६५ प्रतिशत खर्च बेहोर्ने गरी साझेदारीमा दमकल खरिद गर्न लागिएको बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले बताउनुभयो । आगलागी जन्य ठुला घटनाबाट धनजनको क्षति न्यूनीकरणमा मदत पुग्ने अपेक्षा गरिएको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताउनुभयो । हाल बेलौरी नगरपालिका लालझाँडी गाउँपालिकामा दमकल अभाव छ । चालु आर्थिक वर्ष भित्रै दमकल खरिद गरिसक्ने बेलौरी नगरपालिकाका मेयर चौधरीले बताउनुभयो । उहाँले एक साता भित्रै दमकल खरिदका लागि टेण्डर आह्वान गरिने बताउनुभयो ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...