जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर

Published on

काठमाडौँ । जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ । मार्चमा समाप्त भएको आर्थिक वर्षसम्ममा निर्यातको मूल्य लगातार चौथो वर्ष बढेर कुल १०८.९३ ट्रिलियन येन पुगेको छ । गत वर्ष जापानको निर्यात ५.९ प्रतिशतले वृद्धि भएको थियो ।.सन् १९७९ मा पहिलो पटक तुलनात्मक तथ्याङ्क सङ्कलन गरिएयताको उच्चतम स्तरमा रहेको छ । संयुक्त राज्य अमेरिकाको व्यक्तिगत कम्प्युटर र चीनबाट आएको स्मार्टफोनका कारण आयातको मूल्य एक वर्ष अघिको तुलनामा ४.७ प्रतिशतले वृद्धि भई ११४.१६ ट्रिलियन येन पुगेको अर्थ मन्त्रालयले प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

जापानले चीनसँग ७.०५ ट्रिलियन येनको व्यापार घाटा बेहोरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.७ प्रतिशतले बढी हो । जापानको चीनतर्फ निर्यात ३.४ प्रतिशतले वृद्धि भई १८.८९ ट्रिलियन येन पुगेको छ भने आयात ७.१ प्रतिशतले बढेर २५.९४ ट्रिलियन येन पुगेको छ । संयुक्त राज्य अमेरिकासँग जापानको व्यापार अधिशेष १.३ प्रतिशतले घटेर ९.०१ ट्रिलियन येनमा झरेको छ । यो अघिल्लो वर्षको तुलनामा निर्यात ३.८ प्रतिशतले वृद्धि भई २१.६५ ट्रिलियन येन पुगेको छ र यसबाट आयात पनि ७.७ प्रतिशतले बढेर १२.६४ ट्रिलियन येन पुगेको छ। युरोपेली सङ्घसँगको व्यापारमा जापान लगातार १३ औं वर्ष घाटामा रह्यो । गत वर्ष जापानको इयूसँगको घाटा २.५३ ट्रिलियन येन रहेको बताइएको छ । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...