शैक्षिक आन्दोलनबाट घर फर्किएका शिक्षकको दुर्घटनामा परी निधन

Published on

काठमाडौँ । शिक्षक आन्दोलनमा आएका मनाङको एक शिक्षकको सवारी दुर्घटनामा परी निधन भएको छ । मनाङ जिल्ला नासोँ गाउँपालिका–८ ताचै निवासी मन घलेको निधन भएको हो । माइक्रो बसमा सवार गम्भीर घाइते घलेको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घले ताचैस्थित जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक एवम् शिक्षक महासङ्घ मनाङको सदस्य हुनुभएको थियो । शिक्षक आन्दोलन २०८२ को १८औं दिनसम्म सहभागी भई यही ७ गते आइतबार काठमाडौँबाट मनाङ फर्कने क्रममा तनहुँमा सवारी दुर्घटनामा परी मृत्यु भएको हो । आन्दोलनरत शिक्षक महासङ्घले घलेलाई शैक्षिक सहिद घोषणा गर्न माग गरेका छन् । साथै आश्रित परिवारको शिक्षादीक्षा, पालनपोषण र तत्कालीन राहतका लागि महासङ्घले आर्थिक सङ्कलन अभियान आरम्भ गर्न अनुरोध गरेको छ ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...