तुलसीपुरमा ‘एक घर एक धारा’ अभियान

Published on

काठमाडौँ । २०४० सालमा तत्कालीन बिजौरी र मानपुर गाविसका उपभोक्ताहरूको घरदैलोमा पानी पुर्‍याउनका लागि ७० वटा सार्वजनिक धारा निर्माण गरिएको थियो । तत्कालीन अवस्थामै नेपालकै दोस्रो ठुलो संस्कृत विश्वविद्यालय, क्षेत्रीयस्तरको अस्पताल, क्याम्पस भएको ठाउँमा ७० वटा धारा त हात्तीको मुखमा जिरा जस्तै थियो । अहिले भने एक हजार आठ सय धारा वितरण भएका छन् । तीनवटै सरकारका नीति तथा कार्यक्रमा एक घर एक धारा समावेश हुँदै आएको छ । विगतमा नीति, कार्यक्रम र नारामै सीमित रहेको एक घर एक धारा अब भने पूरा भएको छ । तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १६, १७, १८ र १९ नम्बर वडामा खानेपानी वितरण गर्दै आएको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आयोजना सुरु गरेको चार दशक पछि उपभोक्ताहरूको मागबमोजिम धारा वितरण सुरु गरेको छ ।

संस्थाका सचिव मुकेश वलीले संस्थाले सहलगानी आयोजनामार्फत आयोजना सम्पन्न गरेपछि एकै पटक दुई हजार धारा वितरण गर्ने संरचना तयार भएको बताउनुभयो । सचिव वलीका अनुसार हाल संस्थाले १८ सय धारा वितरण गरेको छ । वलीले भन्नुभयो, सङ्घ र स्थानीय सरकारको सहयोगमा सहलगानी आयोजनामार्फत् योजना सम्पन्न गरेका छौँ, हामीसँग पर्याप्त पानी छ, उपभोक्ताहरूको मागबमोजिम धारा वितरण गर्न सक्छौँ । सचिव वलीका अनुसार संस्थाले तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १९ को डाँडीकाट, रोल्पाको रुन्टीगढी गाउँपालिकाको रिप्ले खोला र बगाले, झाक्री ढुङ्गास्थित गर्पाखोला मुहान थप गरेर पानी ल्याइएको छ । ३२ करोडको लागतमा योजना सम्पन्न भएको संस्थाले जनाएको छ ।

तुलसीपुर १८ का विदुर गौतमले खानेपानी आयोजनाले संरचना थप गरेपछि पर्याप्त मात्रामा धारामा पानी आएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले तुलसीपुर उपमहानगरपालिकाको तुलसीपुर र बेलझुण्डी खानेपानी संस्थामा सहलगानी आयोजनामार्फत् सङ्घ र स्थानीय सरकारबिच सहकार्य, समन्वयमा योजना सुरु भएको बताउनुभयो । उहाँले बेलझुण्डीमा आयोजना सम्पन्न भई कार्यान्वयनको चरणमा पुगेको र तुलसीपुरमा आयोजनाको काम भइरहेको बताउनुभयो ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...