दसैं सकियो, थारू बस्तीमा सखिया नाच कायमै

Published on

काठमाडौं । थारू समुदायमा दसैं पर्व सम्पन्न भएको छ । यद्यपि थारू बस्तीहरुमा सख्यानाचको पैयाँ भने जारी छ । दसैं सकिए पनि थारू समुदायले एक हप्तासम्म सख्या पैयाँ नाच नाच्ने गरेको दंगीशरण ३ हेकुलीका मटावा नारायण चौधरीले बताउनुभयो ।

नवमीको दिन पिट्टर ९श्राद्ध० दिएर दिउँसो गवँल्या टीका लगाएपछि थारू समुदायको दसैं औपचारिक रुपमा सकिन्छ । थारू संस्कृतिविद् रोहित चौधरीले भन्नुभयो, ूहाम्रो समुदायमा दसैंको शुभारम्भ घटस्थापनाको दिनबाट सुरु हुन्छ । अष्टमीको दिन चामलको पिठोबाट बनाएर देउतालाई ढिक्री चढाउछौं, नवमीको दिन पितृहरूको नाममा पिट्टर दिन्छौ र सोही दिन गाउँमा गँवल्या टीका लगापछि थारू समुदायमा औपचारिक रुप्मा दसैं सकिने परम्परा रहेको भएपनि अहिले विजयादशमीको रातो टीका लगाउने थारू समुदायमा पनि सुरु भएको छ ।ू

दसैं सकिए पनि सख्या पैयाँ नाच भने करिब एक हप्तासम्म निरन्तर चल्ने परम्परा रहेको चौधरीले बताउनुभयो । आफ्नै मौलिक भेषभूषा, कला र संस्कृतिमा रमाउने थारू समुदायको जीवनशैली प्रकृतिसँग निकटसम्बन्ध रहेको बताउँदै उहाँले थारू समुदायको हरेक चाडपर्व प्रकृतिसँग जोडिएको बताउनुभयो । दसैं पनि थारू समुदायको महत्वपूर्ण पर्व हो, उहाँले भन्नुभयो, हामीले दसैंमा विशेष श्रद्धा र उत्साहका साथ मनाउछौं । दसैंमा मटाँवाको घरको आङ्गनमा करिब एक महिनासम्म सख्या नाच नाचिन्छ । चौधरीले भन्नुभयो, ूदसैं आउनुभन्दा एक साता अगाडिदेखि सख्या पैया नाचेर थारू समुदायले दसैंलाई स्वागत गर्ने गर्दछन् ।ू

युवायुवतीहरूको सहभागितामा हुने यो नृत्य गाउँको मटाँवाको आँगनमा रातिको समयमा नाचिन्छ । मादलको तालमा, सामूहिक गीत तथा नृत्यमार्फत गाउँपारीसम्म गुन्जिने सख्या नाचले गाउँमा रमाइलो र एकताको वातावरण सिर्जना गर्छ । उहाँले भन्नुभयो, ूसख्या पैयाँ नाचेपछि खेतबारीमा गरिने अन्नबालिमा वृद्धि हुने रोगव्याधिबाट सुरक्षा, र समृद्धिको कामना गर्ने विश्वास थारू समुदायमा छ ।ू

घटस्थापनाको दिन थारू समुदायले मकैको जमरा राख्ने चलन हुन्छ । दसैंको तयारीस्वरूप कसैले घर सरसफाइमा, कोही बनजंगलबाट दाउरा ल्याउनमा, त कोही चामल पिस्नमा व्यस्त हुन्छन् । सप्तमीको दिन ढिक्री पकाउने पैनस्टोपी भाँडा धुने चलन रहेको छ । अष्टमीको दिन चामलको पिठोबाट गोलाकार ढिक्री बनाई देवतालाई चढाउने परम्परा रहेको उहाँले बताउनुभयो ।

त्यसपछि नवमीको दिन विहान आफ्ना पितृहरुको नाममा पिट्टर दिने र पिट्टर दिइसकेपछि नजिकै खोलामा पिट्टर अस्राउने चलन रहेको उहाँले बताउनुभयो । यसरी पिट्टर अस्राइसकेपछि दिँउसोमा ‘गँवल्या टीका’ लगाउने चलन हुन्छ । सो दिन गाउँका सबै गाउँका घरमुली अगुवाहरु भुह्यारथानमा भेला भएर मटावासँग कानमा जमरा लगाउने र शुभकामना आदानप्रदान गर्ने गर्छन् । त्यही दिनदेखि तीनदिनसम्म दिउँसो सख्या नाच नाच्ने गर्दछन् ।

दसैंको पाँचदेखि सात दिनपछि माछा मारेर रातभरी सख्या पैया नाचेर विशेष मादल बजाउने मन्दर्याहरुलाई भोजसहित ‘डिउटा वैसइना’ देबतालाई बसाउने सख्या गीतको विधिबाट सख्या नाचलाई समापन गरिन्छ । दसैं थारु समुदायको सांस्कृतिक समृद्धि, सामूहिकता र मौलिक परम्पराको अनुपम प्रतीक भएको थारू अगुवाहरु बताउँछन् । सख्या नाच र गँवल्या टीकाजस्ता परम्पराले थारू समुदायको मौलिक संस्कृतिको जगेर्नासँगै थारू समुदायको पहिचान, सभ्यता र अस्तित्वलाई समेत कायम गर्नमा उत्तिकै उजागर गर्नेगरेको मटाँवा रामप्रसाद चौधरीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

टी–२० विश्वकप : अस्ट्रेलिया जिम्बाबेसँग स्तब्ध

काठमाडौं । उपाधि दावेदार अस्ट्रेलिया आइसिसी टी–२० विश्वकपमा समूह चरणको आफ्नो दोस्रो खेलमा जिम्बाबेसँग...

मिनी म्याराथनमा बकैयाका गोले प्रथम

काठमाडौं । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा भएको प्रथम बागमती खुला मिनी म्याराथन (दौड) प्रतियोगितामा...

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावित : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढङ्गले सञ्चालन हुन सही सूचना समयमै प्रवाह...

बालमैत्री गण्डकी प्रदेश निर्माण गर्ने प्रतिबद्धता

काठमाडौं । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बालमैत्री...