महिला टी–२० सिरिज : नेपालको सानदार जित, मलेसियासँग सिरिज १–१ को बराबरीमा

Published on

नेपालले मलेसियासँग जारी पाँच खेलको दोस्रो अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटमा ६ विकेटको जित निकाल्दै सिरिज १–१ को बराबरीमा पुर्‍याएको छ। पहिलो खेल गुमाएको नेपाल यो जितसँगै सिरिजमा पुनः फर्किएको हो।

क्वालालम्पुरको बायुमास क्रिकेट ओभलमा शनिबार सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ९१ रन बनायो। मलेसियाका लागि ओपनर आइना हमिज हसिमले ६३ बलमा ५ चौकासहित अविजित ५० रनको अर्धशतक बनाइन्, जुन उनको पहिलो टी–२० अर्धशतक हो।

९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले खेलको सुरुवातमै दुई बलभित्र दुई विकेट गुमाएर दबाबमा परेको थियो। तर, पूजा महतो र कप्तान इन्दु बर्माको संयमित ब्याटिङले नेपाललाई जित दिलायो। पूजा महतोले ३९ बलमा ३९ रन बनाउँदै इनिङ सम्हालिन् भने कप्तान इन्दु बर्माले २१ बलमा नटआउट २७ रन बनाउँदै अन्तिममा विजयी चौका प्रहार गरिन्।

नेपालले १६.२ ओभरमा ४ विकेट गुमाएर ९३ रन पूरा गर्दै सहज जित हात पार्‍यो।

अब सिरिजको तेस्रो खेल आइतबार हुनेछ, जुन दुबै टोलीका लागि निर्णायक बन्न सक्छ।

spot_img

ताजा समाचार

अमेरिका–इरान तनावमा कमी, तेलको मूल्य घट्यो

अमेरिका र इरानबीच पाँच महिनादेखि जारी सैन्य तनाव केही कम भएको संकेत देखिएको छ।...

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, नेपाल–जापान सहकार्यको नयाँ अध्याय

बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानका नेपालस्थित...

सुनसरीको देवानगञ्जमा झडपपछि कर्फ्यु, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर...

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...