महिला टी–२० शृङ्खला : नेपालको शानदार जित, शृङ्खला २–२ को बराबरीमा

Published on

काठमाडौं । मलेसियामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको चौथो खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गर्दै शृङ्खलामा २–२ को बराबरी ल्याएको छ। पाँच खेलको शृङ्खलामा अब निर्णयक खेल भोलि (बुधबार) हुनेछ।

आज भएको खेलमा मलेसियाले दिएको ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमा चार विकेटको क्षतिमा सजिलै पूरा गर्‍यो। नेपालका लागि कप्तान इन्दु बर्मा ४८ रनमा अविजित रहिन्। उनले ३९ बलमा चार चौका प्रहार गरिन्। अर्की ब्याटर रुबिना क्षेत्रीले २३ बलमा २३ रन जोडिन्।

मलेसियाका लागि नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एक–एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १११ रन बनाएको थियो। उसका लागि मास एलिसा ५६ रनमा अविजित रहिन्। माहिराले १८ र नुर दानियाले १५ रन बनाइन्।

नेपालका लागि कविता कुँवरले ३ विकेट लिइन् भने पूजा महतो र कविता जोशीले समान १–१ विकेट लिए।

यसअघि नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले जितेको थियो। तेस्रो खेलमा भने नेपाल १३ रनले पराजित भएको थियो।

अब शृङ्खलाको निर्णायक पाँचौँ खेल भोलि हुने छ, जसले शृङ्खलाको विजेता टुंगो लगाउनेछ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...