मिस नेपाल वर्ल्ड २०२५ को ताज लुना लुइटेललाई

Published on

काठमाडौँ, असोज २२ — लुना लुइटेल मिस नेपाल वर्ल्ड २०२५ को उपाधि जितेकी छन्। दी हिडेन ट्रेजरद्वारा आयोजित ३१औँ संस्करणको मिस नेपाल प्रतियोगितामा सहभागी २६ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारिन्।

२६ वर्षीया लुना लुइटेल हाल अस्ट्रेलियाको सिड्नीस्थित एक कलेजमा ‘पब्लिक हेल्थ’ विषयमा स्नातकोत्तर अध्ययनरत छन्। उनी प्रतियोगिताभर आत्मविश्वाससाथ प्रस्तुत भएकी थिइन्। प्रतियोगिता जितेपछि उनले ‘लर्न, अर्न एन्ड रिटर्न’ भन्ने आफ्नो जीवनमन्त्र दोहोराउँदै सामाजिक योगदानका लागि आफू प्रतिबद्ध रहेको बताइन्।

अन्य शीर्ष उपाधिहरूमा दीपशिखा नेपालले मिस नेपाल कोस्मो, उरुषा भण्डारीले मिस नेपाल इन्टरनेसनल, र सोनी घलेले मिस नेपाल अर्थ को उपाधि जिते।

गत वर्षकी विजेता आस्माकुमारी केसीले लुनालाई मिस नेपाल वर्ल्डको ताज पहिराइदिएकी थिइन्।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...