दाङमा जुवा खेल्दै गरेका १२ जना पक्राउ, एक लाख ८८ हजार नगद बरामद

Published on

काठमाडौं, दाङको घोराहीस्थित एक लजमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई बुधबार मध्यराति राप्ती सुपर लजमा छापा मारेर नियन्त्रणमा लिइएको दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो।

पक्राउ परेकाहरूको साथबाट एक लाख ८८ हजारभन्दा बढी नगदसमेत बरामद गरिएको छ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का खिमबहादुर डाँगी, पंकज न्यौपाने, सूर्य बोहरा, आकाश लम्साल, गोविन्द डाँगी, रजनिस चौधरी र घोराही–१४ का विष्णु गुप्ता रहेका छन्। त्यस्तै, तुलसीपुर उपमहानगरपालिका–९ का गमबहादुर चलाउने, वीरबहादुर बस्याल, तुलसीपुर–६ का सुरेन्द्र हमालसमेत पक्राउ परेका छन्।

घटनास्थल राप्ती सुपर लजका म्यानेजर सुरज पुनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

डिएसपी शाहका अनुसार केही व्यक्तिहरूले पक्राउ परेकालाई छुटाउने प्रयास गरे पनि प्रहरीमा त्यसबारे कुनै दबाब स्वीकार गरिएको छैन।

प्रहरी स्रोतका अनुसार जुवातास सम्बन्धी उजुरी तथा आलोचना बढेपछि प्रहरी सक्रिय बनेको हो। गोप्य सूचनाका आधारमा प्रहरीको टोलीले मध्यरातिमा छापा हानी पक्राउ गरेको हो।

हाल पक्राउ परेकाहरूलाई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...