दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

Published on

काठमाडौं ।  दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु बसलाई पछाडिबाट ठोक्किएपछि बसमा आगो लागेपछि कम्तीमा २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा अन्य धेरै घाइते भएका छन् ।

आन्ध्र प्रदेश राज्यको कुर्नुल नजिकै राजमार्गमा भएको दुर्घटनामा ४४ यात्रु बोकेको बस तेलङ्गाना राज्यको हैदराबादबाट कर्नाटकको बेङ्गलुरु तर्फ जाँदै थियो । बसमा आगो केही मिनेटभित्रै फैलियो र केही यात्रु झ्याल फुटाएर बाहिर निस्कन सफल भए भने धेरैको मद्दत पुग्नु अघि नै जलेर मृत्यु भयो । वरिष्ठ प्रहरी अधिकारी विक्रान्त पाटिलका अनुसार मोटरसाइकलले बसलाई पछाडिबाट ठोक्किँदा स्पार्कले बसको इन्धन ट्याङ्कीलाई भेटेको थियो ।

बस चालकले आगो निभाउने प्रयास गरे पनि आगो नियन्त्रण गर्न नसकेको बताइएको छ । दुर्घटनाको समयमा अधिकांश यात्रु सुतिरहेका थिए । घटनामा अज्ञात बाइक सवारको पनि मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

फरेन्सिक विज्ञहरूको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका वरिष्ठ अधिकारी एन चन्द्रबाबु नायडूले शोक व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

यो भारतमा दुई हप्ताभन्दा कम समयमा भएको दोस्रो घातक बस आगलागी हो । यसै महिनाको सुरुमा राजस्थान राज्यमा पनि यात्रु बसमा सर्ट सर्किटका कारण आगो लागेको थियो र कम्तीमा २० जनाको मृत्यु भएको थियो । रासस/एपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...