‘बेइमान विज्ञापन’ प्रकरणपछि ट्रम्पद्वारा क्यानाडा भेट अस्वीकार

Published on

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एसिया भ्रमणका लागि ह्वाइट हाउसबाट प्रस्थान गर्नु अघि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई भेट्ने कुनै योजना नभएको स्पष्ट पार्नु भएको छ ।

पत्रकारले “के तपाईं एसियामा प्रधानमन्त्री कार्नीसँग वार्ता गर्नु हुन्छ ?” भनेर सोध्दा राष्ट्रपति ट्रम्पले उत्तर दिनुभयो, “होइन, मेरो कुनै योजना छैन ।” “उनीहरूले गरेको काम साँच्चिकै बेइमानी हो । मैले सुनेँ कि उनीहरूले विज्ञापन हटाउने तयारी गर्दै थिए, तर मलाई थाहा थिएन कि उनीहरूले यसलाई अझ विस्तार गरेका रहेछन् । सम्भवतः उनीहरूले यो आज रातसम्म हटाउँछन्”, ट्रम्पले विवादास्पद क्यानाडाली विज्ञापनबारे कडा प्रतिक्रिया दिँदै भन्नुभयो, “ठिक छ, यो फोहोरी खेल हो, तर म उनीहरूले गर्न सक्नेभन्दा पनि फोहोरी खेल्न सक्छु ।”

राष्ट्रपति ट्रम्पका यी टिप्पणी क्यानाडासँगको सबै व्यापार वार्ता समाप्त गर्ने उहाँको बिहीबारको घोषणापछि आएका हुन् । उक्त निर्णय उहाँले ‘नक्कली’ विज्ञापनको प्रतिक्रियामा गर्नु भएको थियो, जसमा पूर्व अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको करसम्बन्धी भाषणलाई तोडमोड गरी प्रयोग गरिएको थियो ।

ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’मा लेख्दै भन्नुभयो, “रोनाल्ड रेगन फाउन्डेसनले पुष्टि गरेको छ कि क्यानाडाले छलपूर्वक एक नक्कली विज्ञापन प्रयोग गरेको छ, जसमा रेगनले कर विरुद्ध बोलेको जस्तो देखाइएको छ । त्यो विज्ञापनको लागत ७५ हजार डलर थियो । उनीहरूले अमेरिकी सर्वोच्च अदालत र अन्य अदालतका निर्णयहरूमा प्रभाव पार्नका लागि यस्तो काम गरेका हुन् ।”

राष्ट्रपति ट्रम्पले जोड दिनुभयो, “कर नीति संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा र अर्थतन्त्रका लागि अत्यन्तै महत्त्वपूर्ण छन् । क्यानाडाको गैरजिम्मेवार व्यवहारका कारण उनीहरूसँगका सबै व्यापार वार्ताहरू समाप्त गरिएको छ । धन्यवाद, राष्ट्रपति डिजेटी ।” यसबिच ओन्टारियोका प्रिमियर डग फोर्डले व्यापार वार्ता पुनः सुरु गर्न सकियोस् भन्ने उद्देश्यले प्रधानमन्त्री कार्नीसँगको छलफलपछि विवादास्पद विज्ञापन अभियान सोमबारदेखि रोकिने भएको बताउनुभएको छ । 

तर उहाँले सप्ताहन्तमा एमएलबी विश्व शृङ्खलाका खेलमा उक्त विज्ञापन अझै प्रसारित हुने स्पष्ट पार्नुभयो । क्यानाडाको ओन्टारियो सरकारले भुक्तान गरेको भनिएको उक्त विज्ञापन अभियानका लागि करिब सात करोड ५० लाख अमेरिकी डलर खर्च भएको जनाइएको छ र ती विज्ञापन प्रमुख अमेरिकी टेलिभिजन सञ्जालमा प्रसारण भइरहेका छन् । रासस/एएनआई 

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...