भान्सा घरमा आगलागी हुँदा लाखौं क्षति

Published on

काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा एक स्थानीयको भान्सा घरमा आगलागी हुँदा लाखौं रुपियाँ मूल्य बराबरको क्षति भएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका बलबहादुर विकको भान्सा घरमा बुधबार आगलागी हुँदा लाखौंको क्षति भएको हो ।

स्थानीय शिक्षक निमा लामाका अनुसार विकको काठ र जस्ताको प्रयोग गरी निर्माण गरिएको भान्साघर आलगागीले पूर्णरुपमा क्षति भएको छ । सो आगलागीबाट करिब तीन लाख ५० हजार रुपियाँ मूल्य बराबरको क्षति भएको शिक्षक लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट भान्सा घरसहित घरभित्र रहेको भाँडा वर्तन, खाद्यान्नलगायतका अन्य सामग्री जलेर नष्ट भएको छ । आगलागीकाे कारण नखुले पनि चुल्होमा बालिएको आगोबाट भान्साघरमा आगलागी भएको हुनसक्ने स्थानीय अनुमान गरेका छन् ।  गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...