बाँकेमा धान खरिदमा ढिलाई : सस्तोमा बिक्री गर्दै किसान

Published on

काठमाडौं । सरकारले यस वर्ष समयमै धानको समर्थन मूल्य निर्धारण गरेपनि बाँकेमा धान खरिदमा ढिलाई भएकोे तथा समर्थन मूल्यमा व्यापारीले धान खरिद नगर्दा किसानले सस्तोमै धान बिक्री गरिरहेका छन् ।

सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा तोकेको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपियाँ ३३ पैसा तोकेको छ ।

तर कम्पनीले बाँकेमा अझैसम्म धान खरिद सुरु नगरेको हुँदा किसानले बजारमा व्यापारीलाई बाध्य भएर प्रति क्विन्टल करिब नौ सय रुपियाँ कम मूल्यमा धान बिक्री गरिरहेको जनाएका छन् ।

कम्दी बाँकेका किसान राजन मौर्यले सरकारले समर्थन मूल्य तोकेपनि सो मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हालसम्म खरिद सुरु नगरेको र व्यापारीले नौ सय रुपियाँ कममा खरिद गरिरहेकाले आफुहरु समस्यामा परेको बताउनुभयो । 

उहाँले सरकारले तत्काल सबै किसानको धान समर्थन मूल्य अनुसार खरिद गर्नु पर्ने र व्यापारीलाई पनि सोही मुल्यमा खरिद गर्न कडाई गर्नु पर्ने माग गर्नुभयो ।

व्यापारीले समर्थन मूल्यभन्दा निकै कममा धान खरिद गरेपनि कुनै प्रकारको अनुगमन वा निरीक्षण नभएको किसानहरुको गुनासो छ ।

धान खरिदमा ढिलाई गरिँदा सरकारले तोकेको मूल्य नपाएपछि आफुहरुले बाध्य भएर नौ सय रुपियाँ कम मूल्यमा बजारमा धान बिक्री गर्नु परेको दुखेसो बाँके नौबस्ताका किसान शंकर थारुले गर्नुभयो ।

बाँके बनकटवाका किसान दिपेन्द्र चौधरीले धान खरिदमा ढिलाई गरिएकाले किसानलाई ठुलो समस्या भएको बताउनुभयो ।  

उता, बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी पूर्ण खत्रीले सरकारले तोकेको भन्दा बढि मूल्यमा धान खरिद गर्ने कार्य व्यापारीले गरिरहेको गुनासो सुनिएको जनाउँदै सो बारेमा अनुगमन सुरु गरिने बताउनुभयो ।

यसैबिच, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयलले यस वर्ष २० हजार क्विन्टल धान खरिद गर्ने जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख रामसरण लामिछानेले कार्यालयले मोटा धान १५ हजार क्विन्टल र पाँच हजार क्विन्टल मध्यम धान खरिद गर्ने गरी कोटा निर्धारण भएर बिहीबार मात्रै आएको जानकारी दिनुभयो ।

उहाँले गत वर्ष नेपालगन्जमा मध्यम धान २५ हजार क्विन्टल र मोटा धान सात हजार क्विन्टल गरेर ३२ हजार क्विन्टल धान खरिद गरेको सो कार्यालयले यस वर्ष २० हजार क्विन्टल मात्र धान खरिदको कोटा आएको बताउनुभयो ।  गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...