बर्दिबासका दुई स्थानबाट १९ जुवाडे नियन्त्रणमा

Published on

काठमाडौं । महोत्तरी प्रहरीले बर्दिबास नगरपालिका क्षेत्रका दुई स्थानमा छापा मार्दै जुवातास खेलिरहेका १९ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार दुबै घटनामा गरी नगद तीन लाख ६८ हजार रुपियाँसहित विभिन्न जुवा सामग्री बरामद गरिएको छ ।

जुवातास नियन्त्रणका लागि महोत्तरी प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बर्दीबासका विभिन्न ठाउँमा अवाञ्छित गतिविधि भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त टोलीले गएराति १२ः३० बजेतिर बर्दिबास नगरपालिका–५ टुटेश्वर मन्दिर नजिक छापा मार्दा जुवा खेलिरहेको अवस्थामा १२ जनालाई नियञ्त्रणमा लिएको हो ।

जिल्ला प्रहरीका डिएसपी एवम् सूचना अधिकारी शैलेन्द्र भट्टका अनुसार प्रहरीले जुवाको खालबाट एक लाख ३२ हजार नगद, २६ थान कौडा, तीन थान काठका बाकस र विभिन्न ब्राण्डका ११ थान मोबाइल फोन बरामद गरेको छ ।

यसको अघिल्लो दिन पनि बर्दिबास नगरपालिका–७ किसाननगरमा प्रहरीले छापा मार्दा जुवाडेसहित नगद बरामद गरको छ । 
गोप्य सूचनाको आधारमा इलाका प्रहरी बर्दिबासका डिएसपी विकाश बम नेतृत्वको टोलीले स्थानीय कर्णबहादुर तामाङको सटर भएको घरमा तलासी लिदा लुकिछिपी जुवातास खेलिरहेको अवस्थामा सात जनालाई रङ्गेहात नियञ्त्रणमा लिएको हो ।

घटनास्थलबाट प्रहरीले दुई लाख ३६ हजार ५७५ रुपियाँका साथै प्रयोग भएको तासका पत्ता ५२ थान, सिलबन्दी बन्डल एक थान र खुल्ला तासका कार्ड ५२ थान बरामद गरेको जनाएको छ ।

पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर सुरुमा इलाका प्रहरी कार्यालय बर्दिबासमा प्रारम्भिक सोधपुछ गरी त्यसपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई अनुसन्धान अघि बढाएको भट्टले जानकारी दिनुभयो ।  गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...