उत्तर कोरियाको चेतावनीः थप ‘आक्रामक कारबाही’ गर्ने घोषणा

Published on

काठमाडौं । पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणपछि अमेरिकालगायत दक्षिण कोरियाले आलोचना गरेपछि उत्तर कोरियाले शनिबार थप ‘आक्रामक कारबाही’ गर्ने चेतावनी दिएको छ । शुक्रबार गरिएको उक्त मिसाइल परीक्षण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्वी एसियाली भ्रमणको बिचमा भएको हो । 

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट गर्ने इच्छा व्यक्त गरेको एक हप्तापछि प्योङयाङले यो कदम चालेको हो । यद्यपि, उत्तर कोरियाले उक्त प्रस्तावमा हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन । प्योङयाङका रक्षामन्त्री नो क्वाङ चोलले वासिङ्टन ‘उत्तर कोरियाको सुरक्षालाई गम्भीर जोखिममा पार्ने सैन्य गतिविधिमा निर्लज्जरूपमा संलग्न भएको’ आरोप लगाउँदै अमेरिकी र दक्षिण कोरियाली कदमले ‘जानाजानी क्षेत्रीय राजनीतिक र सैन्य तनावलाई बढाइरहेको’ बताउनुभयो ।

कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले उहाँको भनाइ उद्धृत गर्दै लेखेको छ, “हामी शत्रुको निरन्तर खतराविरुद्ध अझ आक्रामक कारबाहीका कदम देखाउने छौँ ।” यसअघि, अमेरिकी रक्षामन्त्री पिट हेग्सेथ र उहाँका दक्षिण कोरियाली समकक्षले डिमिलिटाराइज्ड जोन (डिएमजेड) को संयुक्त भ्रमण गर्नु भएको थियो । 

त्यहाँ दुवै नेताले आफ्नो देशबीचको ‘बलियो संयुक्त रक्षा प्रतिबद्धता र घनिष्ठ सहयोग’ पुनः पुष्टि गर्नु भएको थियो । यसैबिच दक्षिण कोरियाली नौ सेनाका अनुसार अमेरिकी आणविक–सञ्चालित विमानवाहक युएसएस जर्ज वासिङ्टन बुधबार बुसान बन्दरगाहमा रसद सहयोग र चालकदलका सदस्यको विश्रामका लागि पुगेको थियो । 

प्योङयाङका अधिकारीहरूले यस कदमलाई ‘कोरियाली प्रायद्वीपमा तनाव थप बढाउने कार्य’ भएको भन्दै आपत्ति जनाएका छन् । रक्षामन्त्री हेग्सेथको डिएमजेड भ्रमणसमेतलाई प्योङयाङले ‘युद्ध उन्मादलाई प्रोत्साहन दिने कदम’ का रूपमा लिएको छ । अमेरिकी इन्डो-प्यासिफिक कमान्डले भने शुक्रबारको क्षेप्यास्त्र प्रक्षेपणबारे प्रतिक्रिया जनाउँदै प्योङयाङको कार्यले ‘क्षेत्रीय स्थिरतामा गम्भीर असर पार्ने’ उल्लेख गरेको छ । 

वक्तव्यमा भनिएको छ, “संयुक्त राज्य अमेरिका आफ्ना सहयोगी र साझेदार राष्ट्रसँग नजिकको परामर्शमा छ र सुरक्षा प्रतिबद्धता अटल छ ।” दक्षिण कोरियाली सेनाले समेत प्योङयाङको पछिल्लो क्षेप्यास्त्र प्रक्षेपणको कडा निन्दा गर्दै ‘दुई कोरियाबीचको तनाव बढाउने सबै कार्य तुरुन्तै रोक्न’ आग्रह गरेको छ ।

गत हप्तामात्रै राष्ट्रपति ट्रम्पले दक्षिण कोरियालाई आणविक पनडुब्बी निर्माण गर्ने योजनामा स्वीकृति प्रदान गरेको घोषणा गर्नु भएको थियो । विश्लेषकका अनुसार यस्तो परियोजनाले दक्षिण कोरियाको नौसेना क्षमतामा ऐतिहासिक प्रगति ल्याउने छ र यसलाई आणविक जहाज भएका सीमित राष्ट्रको सूचीमा पुर्याउने छ । तर उनीहरूका भनाइमा यो कदमले उत्तर कोरियाबाट कठोर र आक्रामक प्रतिक्रिया आउने सम्भावना पनि उस्तै रूपमा बढाएको छ ।

यसैबिच, दक्षिण कोरियाली सांसदले यसै हप्ताको सुरुमा जानकारी गराएअनुसार देशको रक्षा गुप्तचर एजेन्सीले उत्तर कोरियाली नेता किम जोङ उनले निर्णय गरेमा प्योङयाङ आफ्नो सातौँ आणविक परीक्षण गर्न ‘पूर्णरूपमा तयार अवस्थामा रहेको’ बताएको छ । रासस/एएफपी 

spot_img

ताजा समाचार

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका...

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...