आगजनी र तोडफोडमा संलग्न तरुण दलका नेतासहित चारजना पक्राउ

Published on

काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा नेताहरुको घरमा आगजनी र तोडफोड गर्ने थप चार जनालाई नवलपुर प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलका कावासोती नगर सदस्यसहित चार जना रहेका प्रहरीले जनाएको छ ।

गाउँपालिका महासंघको केन्द्रीय अध्यक्षसमेत रहनुभएकी हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा आगजनी र तोडफोड गरेको आरोपमा चार जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षम मधु नेपालले जानकारी दिनुभयो ।

पाण्डे नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । नवलपुर हुप्सेकोट गाउँपालिका अध्यक्ष पाण्डे लगायतका जनप्रतिनिधिहरुले दिएको किटानी जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरेको नेपालले बताउनुभयो ।

पक्राउ पर्नेमा कावासोती–८ निवासी अमित गिरी, कुमार दर्लामी, अविनाश काफ्ले र हुप्सेकोट–१ का कमल खनाल रहेका प्रहरी उपरीक्षक नेपालले बताउनुभयो । पक्राउ पर्ने गिरी नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दलको नवलपुर निर्वाचन क्षेत्र नम्बर १ खको सभापति रहेको खुलेको छ ।

यसअघि हुप्सेकोट प्रहरी चौकीमा आगजनी र तोडफोड गर्ने ७ जनालाई पक्राउ गरिएको थियो । नवलपुरमा अहिलेसम्म जेनजी आन्दोलनमा पक्राउ पर्नेको सङ्ख्या ११ जना पुगेको छ । गत कात्तिक १९ गते हुप्सेकोट गाउँपालिका र मध्यविन्दु नगरपालिकाका जनप्रतिनिधिले जेनजी आन्दोनका क्रममा तोडफोड गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा छुट्टाछुट्टै किटानी जाहेरी दिएका थिए ।

यसरी जाहेरी दिनेहरु मध्यविन्दुका १५ जना र हुप्सेकोटका पाँच जना रहेका छन् । जाहेरी परेकाहरु मध्ये अन्यको खोजी कार्य जारी रहेको प्ररही नायब उपरीक्षक नेपालले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...