लुम्बिनी संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिताको आवश्यकता : विज्ञहरूको जोड

Published on

काठमाडौं । विश्वसम्पदा स्थल लुम्बिनीको संरक्षणमा स्थानिय बासिन्दाको सक्रिय सहभागिता अनिवार्य रहेको पुरातत्वविद् तथा सरोकारवालाहरूले भन्दै आएका छन्। वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीका अनुसार २०३२ सालदेखि निरन्तर गरिएको लामो प्रयासपछि लुम्बिनी विश्वसम्पदा सूचीमा सूचीकृत भए पनि हाल युनेस्को निर्देशिका विपरीत भइरहेका क्रियाकलापका कारण खतराको सूचीमा पर्ने जोखिम बढिरहेको छ।

बिडारीका अनुसार बारम्बार सचेत गराउँदा पनि कमजोरी सुधार नगरी स्थिति जटिल बन्दै गएको छ। वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यले पुरातत्व संरक्षण अनुसन्धानकर्ता मात्र होइन, आम समुदायलाई प्रत्यक्ष सरोकार पर्ने विषय भएकाले स्थानीयको सहभागिता अत्यावश्यक हुने बताए।

पुरातत्वविद् रविन कनिङ्घमले स्थानीय समुदाय र सञ्चार माध्यमबाट प्रवाहित तथ्यमा आधारित सूचनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायको ध्यानाकर्षण गरी संरक्षण कार्यक्रम प्रभावकारी बनाउने उल्लेख गरे। उनका अनुसार यस्तो सूचनाले अन्वेषण, उत्खनन, संरक्षण तथा विकासबारे जनचेतना विस्तारमा मद्दत गर्छ।

युनेस्को नेपाल कार्यालयका प्रमुख याको दु तोयटले विशेष गरी युवाको भूमिका सम्पदा संरक्षणमा अत्यन्त प्रभावकारी हुने बताउँदै स्थानीयको पहिचान र सक्रियताले कार्यक्रमलाई व्यवहारिक रूपमा अघि बढाउन सहयोग गर्ने बताए। संरक्षणकर्मी राजेन्द्र सुवालले विश्वमा अर्को लुम्बिनी बन्न नसक्ने भएकाले यहाँका पुरातात्त्विक तथा सांस्कृतिक धरोहर जोगाउनु सबैको दायित्व भएको बताए। सञ्चार माध्यमले बुद्धका शिक्षालाई फैलाउन सहज बनाएको उल्लेख गर्दै उनले संरक्षणको आवश्यकता झनै बढेको बताए।

पर्यटन पथप्रदर्शक प्रह्लाद यादवका अनुसार लुम्बिनी धार्मिक मात्र होइन, ऐतिहासिक र पुरातात्त्विक दृष्टिले पनि महत्वपूर्ण भएकाले स्थानीय समुदायको भूमिकालाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता छ। लुम्बिनी सांस्कृतिक नगरपालिका घोषणा गरिए पनि नामअनुसार काम हुन नसकेको उनले बताए। यसै गरी लुम्बिनी होटेल संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले स्थानीय तह, युनेस्को तथा अन्य निकायले संरक्षण कार्यमा समुदायलाई समेट्न नसकिएको भन्दै चिन्ता व्यक्त गरे।

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...