स्पेन, वेल्जियम र स्विट्जरल्यान्ड फिफा विश्वकपमा छनोट

Published on

काठमाडौं । स्पेन, वेल्जियम र स्विट्जरल्यान्ड सन् २०२६ को फिफा विश्वकपमा छनोट भएका छन् ।  युरोपेली छनोटअन्तर्गत मङ्गलबार राति भएको खेलमा स्पेनले टर्कीसँग २–२ गोलको बराबरी खेल्दै विश्वकपमा स्थान बनाएको हो । जितसँगै समूह समूह ‘इ’ रहेको स्पेन ६ खेलबाट १६ अङ्क जोड्दै शीर्षस्थानमा रह्यो । प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली स्पेनका लागि ड्यानी ओल्मो र माइकल ओयार्जबलले गोल गर्नुभयो ।

टर्कीका लागि डेनिज गुल र सालिह ओज्कानले गोल गर्नुभएको थियो । सन् २०१० को फिफा विश्वकप च्याम्पियन स्पेनले लगातार १३औँ र समग्रमा १६औँ पटक विश्वकपमा स्थान बनाएको हो । यस्तै समूह ‘जे’ को अर्को खेलमा बेल्जियमले लिक्टेनस्टाइनलाई ७–० गोलले हराउँदै विश्वकपको यात्रा तय गरेको हो ।

एकपक्षीय खेलमा बेल्जियमलाई जिताउन जेरिमी डोकु र चार्ल्स डी केटेलेरले दुई दुई तथा हान्स वानाकेन, ब्रान्डन मिचेल र एलेक्सिस सेलेमेकरले एक एक गोल गर्नुभयो । जितसँगै आठ खेलबाट १८ अङ्क बनाएको बेल्जियम शीर्षस्थानमा रह्यो ।  यस्तै समूह ‘बी’ को खेलमा स्विट्जरल्यान्डले कोसोभोलाई १–१ गोलको बराबरीमा रोक्दै विश्वकपमा स्थान बनाउन सफल भयो । समूहको शीर्षस्थानमा रहेको स्विट्जरल्यान्ड लगातार छैटौँ पटक विश्वकपमा पुगेको हो । गोरखापत्र

spot_img

ताजा समाचार

प्रतिनिधिसभा बैठकमा आज चार विधेयकमाथि छलफल तथा निर्णय हुँदै

काठमाडौँ - सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ।...

पृथ्वी राजमार्गमा सवारी आवागमन सहज बन्दै, आज दिउँसोदेखि पूर्ण सञ्चालन हुने

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो र सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गका विभिन्न...

अविरल वर्षाका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौँ – अविरल वर्षाका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । नाम्सीखोला...

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ-  सङ्घीय संसद्का दुवै सदनको बैठक सोमबार बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...