नेपाली फिल्म ‘लोकन्ती’ मङ्सिर २६ देखि देशभर प्रदर्शन, फर्स्टलुक सार्वजनिक

Published on

काठमाडौं । कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ आगामी मङ्सिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमाघरहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ। प्रदर्शन मिति घोषणासँगै फिल्मको फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरिएको छ। परिवार, प्रेम, संघर्ष, शान्ति तथा समाजका सूक्ष्म द्वन्द्वलाई केन्द्रमा राख्दै तयार गरिएको यस चलचित्रलाई निर्देशक रञ्जित रानाले पूर्ण पारिवारिक ड्रामा रूपमा प्रस्तुत गरेका छन्।

चलचित्रमा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिँदैछन्। काभ्रे जिल्लाका वास्तविक तथा प्राकृतिक लोकेशनमा छायांकन गरिएको ‘लोकन्ती’ ले पारिवारिक प्रेमकथाका आन्तरिक सामाजिक संवेदनाहरू उजागर गर्ने लक्ष्य राखेको छ। चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन्। एसराजसँग अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री देखिनेछ। साथै, विमला लिम्बु, कुमार न्यौपाने, विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभात लगायत कलाकारहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यसै फिल्ममार्फत कुमार न्यौपाने र विकाश अधिकारीले अभिनय यात्राको सुरुआत गरिरहेका छन् र यसबारे दुवै उत्साहित रहेको बताइन्छ।

फिल्ममा संगीत निर्देशन विकास चौधरी, छायांकन रोनिश तामाङ च्याङ्बाले गरेका छन्। नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथानक बोकेको ‘लोकन्ती’ले दर्शकलाई नयाँ अनुभव दिने अपेक्षा राखिएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...