धरानमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एकको मृत्यु, एक घाइते

Published on

काठमाडौं । धरान उपमहानगरपालिका–८ तिनकुनेस्थित कोशी राजमार्गमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। धरानबाट इटहरीतर्फ जाँदै थियो मोटरसाइकल (प्र १–०३–००१ प १३२४) रोड छेउमा पार्किङ गरिएको ट्रक (प्र १–०२–००१ ख ८७५७) मा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार दुईै जना गम्भीर घाइते बनेका थिए। उनीहरूलाई तत्काल उद्धार गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा धरान लगिएको थियो। उपचारको क्रममा मोटरसाइकल चालक, इटहरी–४ का २५ वर्षीय मन्जिल लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख, प्रहरी नायब उपरीक्षक भीषणबाबू राईले बताए। पछाडि सवार इटहरी–५ का ३२ वर्षीय अमित राईको उपचार जारी छ। घटनापछि ट्रक तथा ट्रक चालक तेह्रथुम फेदाप–२ का २७ वर्षीय गणेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक लिम्बूको शव बिपी प्रतिष्ठानको शवगृहमा राखिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

बझाङ - बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५०...

बंगालको खाडीमा चक्रवात विकसित हुँदै, नेपालमा ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

काठमाडौँ - बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने र त्यसको प्रभाव नेपालमा...

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका...

आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण...