श्रीलङ्कामा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ४६५

Published on

काठमाडौं । श्रीलङ्कामा हालै आएको विनासकारी चक्रवातका कारण अहिलेसम्म कम्तिमा ४६५ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । उनीहरुले घर, उद्योग र सडकलगायतका क्षत्रिग्रस्त सुविधा पुनर्निर्माण गर्न करिब ७ अर्ब डलर आवश्यक पर्ने बुधबार जनाएका छन् । गत हप्ता देश भर वर्षा गराएको चक्रवातले निम्त्याएको बाढी र पहिरो पछि अन्य ३६६ जना बेपत्ता भएको जनाइएको छ । “पुनर्निर्माणका लागि करिब ६ देखि ७ अर्ब डलर आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको उद्धार कार्यको नेतृत्व गरिरहनु भएका अत्यावश्यक सेवाका आयुक्त–जनरल प्रभात चन्द्रकीर्तिले उल्लेख गर्नु भएको छ । चन्द्रकीर्तीले सरकारले प्रत्येक परिवारलाई उनीहरूको घर सफा गर्नको लागि २५ हजार रुपियाँ तथा घर गुमाउनेलाई २५ लाख रुपियाँ सहयोग प्रदान गरेको बताउनु भएको छ । राष्ट्रपति अनुरा कुमार दिसानायकले तीन वर्ष अघिदेखि देश खराब आर्थिक सङ्कटबाट गुज्रिदै आएकाले राहत तथा उद्धार कार्यका लागि विदेशी सहयोग आवश्यक रहेको बताउनु भएको छ । 

यस अघि उहाँले शनिबार आपतकालको घोषणा गर्दै अन्तर्राष्ट्रिय समर्थनका साथ पुनर्निर्माण गर्ने वाचा गर्नु भएको थियो । आर्थिक सङ्कटको सामना गरिरहेको अवस्थामा आएको यस विपत्तिको सामना गर्नेु सरकारको सबै भन्दा ठुलो चुनौती भएको दिसानायकले मङ्गलबार आफ्ना शीर्ष अधिकारीहरूलाई बताउनु भएको थियो । श्रीलङ्का सरकारले खाद्यन्न, इन्धन र औषधि जस्ता अत्यावश्यक आयातलाई पनि वित्त पोषण गर्न विदेशी मुद्रा समाप्त भएपछि अप्रिल २०२२ मा आफ्नो ४६ अर्ब अमेरिकी डलरको बाह्य ऋणमा चलिरहेको बताएको छ । देशको अर्थतन्त्र स्थिर भएको अवस्थामा आईएमएफबाट २.९ अर्ब डलरको ऋण प्राप्त गरेको र यसलाई श्रीलङ्काले मितव्ययिता उपायसहित आफ्ना सुधार कायम राख्नु पर्ने उहाँले बताउनु भएको छ । 

सन् २०२२ को सङ्कटले महिनौसम्म सडकमा विरोध प्रदर्शन भएपछि तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षलाई पद छोड्न बाध्य तुल्याएको थियो । सप्ताहन्तमा ठुलो बाढी आएपछि बुधबारदेखि राजधानी कोलम्बोमा बाढीको पानी कम हुँदै गएको जनाइएको छ । देशका १५ लाख भन्दा बढी मानिस प्राकृतिक प्रकोपबाट प्रभावित भएको र लगभग दुई लाख मानिस राज्यद्वारा सञ्चालित सुरक्षित आश्रयमा रहेको जनाइएको छ । मध्य पाहाडका दुर्गम क्षेत्र बढी प्रभावित भएकाले अधिकारीले सडक सुचारु गर्न तथा सञ्चार लाइन पुनस्र्थापना कठिन प्रयास गरिरहेको जनाइएको छ । मुलुक पर्यटनमा आधारित भएकाले विपत्तिको बावजुद, श्रीलङ्काले मङ्गलबार कोलम्बो बन्दरगाहमा लक्जरी क्रुजलाइनरलाई स्वागत गरेको अधिकारीले बताएका छन् । यो प्रयासले “विश्वलाई श्रीलङ्का सुरक्षित, खुला रहेको तथा पर्यटकलाई स्वागत गर्न तयार रहेको शन्देश प्रवाह गर्ने श्रीलङ्काको पर्यटक बोर्डले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...