चीनमा हरित र स्वच्छ ऊर्जा रूपान्तरण तीव्र गतिमा

Published on

काठमाडौं । चीनले सन् २०२१ देखि २०२५ सम्मको १४औँ पञ्चवर्षीय योजनामा हरित र स्वच्छ ऊर्जातर्फको रूपान्तरण इतिहासकै सबैभन्दा तीव्र गतिमा अघि बढाएको राष्ट्रिय ऊर्जा प्रशासन (एनइए) का प्रमुख वाङ होङझीले बताउनुभएको छ । यस अवधिमा चीनको कुल विद्युत खपतको झन्डै एक तिहाइ हिस्सा हरित ऊर्जाबाट पूरा भएको छ । हावा, घाम र जैविक स्रोतबाट उत्पादित नवीकरणीय ऊर्जालाई हरित ऊर्जा मानिन्छ । चीनले दिगो ऊर्जाको उत्पादन र आपूर्ति तीव्ररूपमा बढाउँदै विश्वकै सबैभन्दा ठूलो र तीव्र वृद्धि भइरहेको नवीकरणीय ऊर्जा प्रणाली निर्माण गरेको छ । 

सन् २०२१ देखि सन् २०२५ सम्म नवीकरणीय स्रोतको जडान क्षमता ४० प्रतिशतबाट करिब ६० प्रतिशत पुगेको छ, जहाँ हावा र सौर्य ऊर्जा प्रमुख आधार बनेका छन् । एनइएका नवीकरणीय ऊर्जा विभागका निर्देशक ली च्वाङ्जुनका अनुसार, चीनमा हावा र सौर्य ऊर्जा उत्पादन क्षमता सन् २०२० बाट बढेर सन् २०२५ को जुलाईसम्म वार्षिक औसत वृद्धि २८ प्रतिशतले बढेको छ । कुल विद्युत खपतमा हावा तथा सौर्य ऊर्जाको हिस्सा सन् २०२० मा ९.७ प्रतिशतबाट २०२४ मा १८.६ प्रतिशत पुगेको छ, जसमा हरेक वर्ष दुई प्रतिशत बिन्दुभन्दा बढी वृद्धि भएको छ । उक्त अवधिमा चीन नयाँ ऊर्जा तथा प्रविधि उत्पादनमा वैश्विक अग्रणी बनेको छ, जसमा ऊर्जा-सम्बन्धी पेटेन्टले विश्व बजारको ४० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।

यस वर्षको पहिलो छ महिनासम्म चीनको नयाँ प्रकारको ऊर्जा भण्डारण क्षमता करिब ९५ लाख किलोवाट पुगेको छ, जुन पाँच वर्षमा ३० गुणा वृद्धि हो, र विश्वकै सबैभन्दा ठूलो स्तरमा पुगिएको छ । सन् २०२४ मा चीनको हाइड्रोजन उत्पादन तथा खपत ३६ लाख टनभन्दा बढी भएको छ, जसमा नवीकरणीय स्रोतबाट उत्पादन भएको हाइड्रोजन विश्व कुल उत्पादनको आधाभन्दा बढी छ । १५औँ पञ्चवर्षीय योजना (सन् २०२६-२०३०) तर्फ अघि बढ्दै, चीन बिजुली परिषदका कार्यकारी उपाध्यक्ष याङ कुनका अनुसार नयाँ तथा विद्यमान नवीकरणीय ऊर्जा परियोजनाको प्रभावकारी उपयोगमा ध्यान दिनु पर्ने छ । साथै, हरित हाइड्रोजन, नवीकरणीय ताप सेवा र अन्य ऊर्जा-सम्बन्धी बहुउपयोगी क्षेत्रमा विस्तार आवश्यक रहेको उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...