बेलौरीमा फुटबल खेलाडी पालमाथि कुटपिट गर्ने चार जनाविरुद्ध किटानी

Published on

काठमाडौं । कञ्चनपुरको बेलौरीमा आयोजित ‘वडा स्तरीय मेयर फुटबल’ प्रतियोगितामा एक खेलाडीमाथि निर्घात कुटपिट गर्ने जना विरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । गत बिहीबार चलेको पहिलो सेमिफाइनल खेलकाबिच सामान्य विवादका क्रममा वडा १० का खेलाडी करन पालमाथि वडा १ का खेलाडी र समर्थकहरूले सांघातिकरुपमा निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट घाइते पालको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । पालको नाँकका ४ हड्डीसमेत टुटेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । पालको नाक, आँखा, टाउको र शरीरमा चोट रहेको बताइएको छ । 

कुटपिटमा संलग्न ४ जनामाथि घाइते पालका परिवारले दिएको किटानी जाहेरीका आधारमा उनीहरूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले फुटबल खेलाडी पालमाथि कुटपिटमा संलग्न वडा १ का चार जनाको खोजी कार्य भइरहेको बताउनुभयो । गत बिहीबार एक्कासि खेलाडीमाथि सांघातिकरुपमा कुटपिट भएपछि स्थिति नियन्त्रणमा लिन नसकिएको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो । तथापि घटना झन् हिंसात्मक हुन नदिन प्रहरीले प्रयास भने गरेको उहाँले बताउनुभयो । वडा नम्बर १० खेलकुद विकास समितिका अध्यक्ष तीर्थराज उपाध्यायले पालमाथि कुटपिट गर्ने वडा नम्बर १ का सन्तोष शाही, महेन्द्र शाही सहितका चार जनामाथि किटानी जाहेरी दिएको बताउनुभयो । उहाँका अनुसार कुटपिटमा अन्यको संलग्नता रहेपनि पहिचान भएका विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ । खेलका क्रममा साङ्घातिक आक्रमण गर्ने विरुद्ध उहाँले हदै सम्मको कारबाहीको माग गर्नुभयो । साथै बेलौरी खेलकुद नगर विकास समितिले घाइतेको उपचार खर्च र घटनाको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने वडा नम्बर १० खेलकुद विकास समितिले माग समेत गरेको छ । 

मङ्सिर १५ गतेदेखि २० गतेसम्म बेलौरीको खुला मञ्चमा वडा स्तरीय खेल खेलाएर नगरको टिम छनौटका लागि आयाजित खेलको सेमिफाइनल प्रतियोगितामा खेलाडीमाथि कुटपिट गरिएपछि प्रतियोगिता प्रभावित बनेको छ । समूह ‘ए’ अन्तर्गत वडा नम्बर १ र १० तथा समूह ‘बि’ अन्तर्गत वडा नम्बर ९ र ४ का खेलाडीहरू फाइनल खेलका लागी प्रतिस्पर्धामा थिए । तर घटनापछि खेल पूर्णरुपमा स्थगित गरिएको बेलौरी नगर खेलकुद विकास समितिका अध्यक्ष रामेश्वर न्यौपानेले बताउनुभयो । फुटबल खेलाडी पालमाथि कुटपिट गर्नेमाथि प्रहरीमा कारबाहीको माग गरिएको बताउँदै उहाँले उपचारमा आवश्यक पर्ने खर्च जोहो गर्ने कार्य भइरहेको बताउनुभयो । घाइतेको उपचार पछि खेल पुनः सञ्चालन गर्ने विषयमा छलफल गरिने उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...