बेनीमा ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

Published on

काठमाडौं । म्याग्दीको बेनीमा ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा बिहिबार देखि बेनीको खुल्ला मञ्चमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा ६ वटा स्थानीय तहबाट छनोट भएका चारसय भन्दा बढी खेलाडीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको ऊर्जा, जलस्रोत तथा सिँचाइ पूर्व राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर)ले उद्घाटन गर्नुभएको हो । उहाँले खेलकुदले विद्यार्थीको मानसिक र शारिरिक रुपमा स्वस्थ बनाउनुका साथै अनुशासित बनाउन सहयोग पुग्ने बताउनुभयो । प्रतियोगिताले विद्यालय स्तरमा खेलकुद प्रतिभाको पहिचान र विकासमा टेवा पुर्‍याउने उहाँको विश्वास थियो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगर प्रमुख सुरत केसी र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले खेल प्रतिभाको उजागर गर्न प्रतियोगिताले टेवा मिल्ने बताउनुभयो । बेनीको एउटा मात्र खेलमैदानलाई व्यवस्थित बनाउन संघ र प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने उहाँहरुको भनाइ थियो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी खेलाडीले ४२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ जिल्लाका ६ स्थानीय तहबाट व्यवस्थापकीय टिमसहित चारसय ५० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने स्थानीय तहलाई रनिङ शिल्ड, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिताबाट गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा भाग लिनका लागि ९८ जना खेलाडी छनौंट हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...