नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा हर्शल जयन्त पाठक

Published on

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी हर्शल जयन्त पाठकले पाउनुभएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार भारतीय पूर्व क्रिकेटर पाठकलाई औपचारिक रूपमा प्रशिक्षक नियुक्त गरेको हो। यसअघि थाइल्यान्डको महिला क्रिकेट टोलीसँग काम गरिसक्नुभएका पाठक नेपाली महिला टोलीका लागि पहिलो विदेशी प्रशिक्षक बन्नुभएको छ। क्यानले प्रशिक्षक छनोटका लागि खुला दरखास्त आह्वान गरेको थियो, जसमा विभिन्न देशका करिब ७० जना प्रशिक्षकले आवेदन दिएका थिए। ती आवेदकमध्येबाट पाठक छनोटमा पर्नुभएको हो।

नवनियुक्त प्रशिक्षक पाठकले नेपाली महिला टोलीलाई आगामी आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिताका लागि तयारी गराउनुहुनेछ। उक्त छनोट सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म कीर्तिपुरस्थित घरेलु मैदानमा आयोजना हुनेछ। यस प्रतियोगितालाई लक्षित गर्दै नेपाली महिला टोलीको बन्द प्रशिक्षण क्याम्प सुरु भइसकेको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...