इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

Published on

काठमाडौं । गत हप्ता, सीमा प्रहरी र सैनिकले अवैध प्यालेस्टिनी बासिन्दा पत्ता लगाउन र देशभरि घुसपैठ गर्नेको प्रयास रोक्न देशका विभिन्न क्षेत्रमा अपरेसन गरी अनुमति बिना इजरायलमा बसिरहेका ५१३ प्यालेस्टिनी बासिन्दालाई पक्राउ गरेको जनाइएको छ । जेरुसेलम क्षेत्रमा नै, ३९१ अवैध बासिन्दा र अवैध निवासलाई सहयोग गर्ने ३४ सन्दिग्धलाई पक्राउ गरिएको जनाइएको छ । गएको सप्ताहान्तमा भएको एउटा घटनामा, जेरुसेलम क्षेत्रको सीमा प्रहरीले प्यालेस्टिनी क्षेत्रसँगको विभाजन पर्खालमाथि उफ्रेर अतारोट औद्योगिक क्षेत्रको नजिकैको कारखानाभित्र लुकेका २५ जना अवैध बासिन्दालाई पक्राउ गरेको थियो । यसै गरी उत्तर र तटीय क्षेत्रमा १८ जना अवैध बासिन्दा र ११ जना सहयोगी सन्दिग्धलाई पक्राउ गरिएको छ । दक्षिणी क्षेत्रमा ५७ जना अवैध बासिन्दा र सहयोग गर्ने चार सन्दिग्धलाई पक्राउ गरिएको छ भने केन्द्रीय क्षेत्रमा ४७ जना अवैध बासिन्दा र सहयोग गर्ने चार सन्दिग्धलाई पक्राउ गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...