इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

Published on

काठमाडौं । गत हप्ता, सीमा प्रहरी र सैनिकले अवैध प्यालेस्टिनी बासिन्दा पत्ता लगाउन र देशभरि घुसपैठ गर्नेको प्रयास रोक्न देशका विभिन्न क्षेत्रमा अपरेसन गरी अनुमति बिना इजरायलमा बसिरहेका ५१३ प्यालेस्टिनी बासिन्दालाई पक्राउ गरेको जनाइएको छ । जेरुसेलम क्षेत्रमा नै, ३९१ अवैध बासिन्दा र अवैध निवासलाई सहयोग गर्ने ३४ सन्दिग्धलाई पक्राउ गरिएको जनाइएको छ । गएको सप्ताहान्तमा भएको एउटा घटनामा, जेरुसेलम क्षेत्रको सीमा प्रहरीले प्यालेस्टिनी क्षेत्रसँगको विभाजन पर्खालमाथि उफ्रेर अतारोट औद्योगिक क्षेत्रको नजिकैको कारखानाभित्र लुकेका २५ जना अवैध बासिन्दालाई पक्राउ गरेको थियो । यसै गरी उत्तर र तटीय क्षेत्रमा १८ जना अवैध बासिन्दा र ११ जना सहयोगी सन्दिग्धलाई पक्राउ गरिएको छ । दक्षिणी क्षेत्रमा ५७ जना अवैध बासिन्दा र सहयोग गर्ने चार सन्दिग्धलाई पक्राउ गरिएको छ भने केन्द्रीय क्षेत्रमा ४७ जना अवैध बासिन्दा र सहयोग गर्ने चार सन्दिग्धलाई पक्राउ गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...