खगेन्द्रप्रसाद र रुद्रकलीलाई पठाइयो कतार

Published on

काठमाडौं । चितवनबाट स्थलमार्ग हुँदै भैरहवा ल्याइएका दुई वटा हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीलाई बुधबारसाँझ भैरहवा विमानस्थलबाट कतार पठाइएको छ । चितवनको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा जन्मिएका यी हात्ती अब कतारको अलखोर पार्कमा रहेको वातानुकूलित चिडियाघरमा रहने छन् । दुवै हात्तीलाई सयपत्रीको माला र अबिर लगाएर बिदाइ गरिएको थियो । बुधबार साँझ साढे पाँच बजे कतार एयरवेजको कार्गो विमान हात्ती लिएर भैरहवाबाट उडेको हो । 

हात्ती हस्तान्तरणका अवसरमा विमानस्थलमा उपस्थित सरकारी अधिकारी र संरक्षणकर्मीले खगेन्द्रप्रसाद र रुद्रकलीको नयाँ घरमा सुखद जीवनको कामना गरेका थिए । वन मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले आफूले हुर्काएका हात्ती उपहार दिँदा भावुक भएको बताउनुभयो । “आफ्नै छोरी अन्माए जस्तै अनुभूति भयो,” उहाँले भन्नुभयो, “दुवैको नयाँ बास सुखद बनोस् र सन्तान वृद्धि होस् भन्ने शुभकामना छ ।”

बिदाइ कार्यक्रममा सहभागीले कतारमा हात्तीको स्वास्थ्य अवस्था सुधार हुँदै सङ्ख्या वृद्धि भएको देख्ने चाहना व्यक्त गरेका छन् । सचिव मिश्रले हात्ती उपहार नेपाल र कतारबिचको सुदृढ सम्बन्धको प्रतीक भएको उल्लेख गर्दै नेपालले पहिलो पटक हात्ती उपहार दिएको बताउनुभयो । उहाँले हात्ती हुर्काउन योगदान पु¥याउने माहुते, कर्मचारी तथा चितवनका स्थानीयप्रति आभार व्यक्त गर्नुभयो । गोरखापत्र    

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...