माघ दोस्रो साता टाइगर कप राष्ट्रिय भलिबल प्रतियोगिता

Published on

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको टाइगर कप पुरुष तथा महिला भलिबलको छैटौँ संस्करण माघ ९ देखि पोखरामा हुने भएको छ । टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा हुने प्रतियोगिता माघ १७ गतेसम्म चल्ने मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माका अनुसार प्रतियोगितामा ४ विदेशीसहित १४ टिमको सहभागिता रहने छ । टाइगर कपमा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, पर्वत जिल्ला भलिबल सङ्घ, माल्दिभ्स भलिबल एसोसिएसन र गुजरात भलिबल क्लब भारत सहभागी हुने छन् । 

महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्बल, टिप टप न्यू डायमन्ड युथ स्पोटर्स क्लब, एभरेस्ट भलिबल क्लब रुपन्देही, युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र थाइल्यान्ड क्विन्स सहभागी हुने शर्माले बताउनु भयो । प्रतियोगितामा दुबै तर्फका विजेतालाई ६ लाख ६६ हजार ६ सय ६६, उपविजेतालाई ३ लाख ६६ हजार ६ सय ६६, तेस्रोलाई १ लाख ६६ हजार ६ सय ६६ रुपियाँ प्रदान गरिने छ । पोखरा रङ्गशालाको भलिबल कोर्टमा हुने प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २६ हजार ६ सय ६६ र विधागत रूपमा विजेता खेलाडीलाई ११ हजार ६ सय ६६ नगद प्रदान गरिने शर्माको भनाइ छ । प्रतियोगिता सम्पन्न गर्न करोड ८० लाख  खर्च हुने अनुमान आयोजकको छ । 

प्रतियोगालाई सफल बनाउन मूल समितिको साथै विभिन्न १४ वटा उपसमिति बनाएर तयारी थालिएको प्रतियोगिताका सहसंयोजक डोलराज पोखरेलले जानकारी दिनु भयो । गत वर्ष विजेतालाई ५ लाख ८५ हजार नगद प्रदान गरिएकोमा यसवर्ष वृद्धि गरिएको छ । पाँचौ संस्करणको टाइगर कपको पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले उपाधि जितेका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...