महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालको पहिलो खेल थाइल्यान्डसँग

Published on

काठमाडौं । जनवरी १४ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेल्ने भएको छ । आइसिसीले आइतबार सार्वजनिक गरेको समूह विभाजन खेल खेल तालिका अनुसार नेपालको पहिलो खेल जनवरी १८ तारिख थाइल्यान्डसँग परेको हो । छनोटका खेलहरु त्रिवि मैदान र मुलपानी क्रिमेट मैदानमा हुनेछ । छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स रहेको छ । १० देशको सहभागिता रहने छनोट खेलको समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पिएनजी), नामिबिया र अमेरिका रहेको छ । नेपालले दोस्रो खेल जनवरी २२ मा नेदरल्यान्ड्स, जनवरी २४मा जिम्बावे र अन्तिम खेल जनवरी २६मा स्कटल्यान्डसँग खेल्नेछ । छनोट खेलको शीर्ष चार टोलीले सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिखसम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला टी–२० विश्वकपमा छनोट हुनेछन् । 

ग्लोबल छनोटका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले दोस्रो चरणको बन्द प्रशिक्षण क्याम्पमा २० जना खेलाडीलाई राखेको छ । यही २० जनाबाट अन्तिम खेलाडीको घोषणा हुनेछ । प्रशिक्षण क्याम्पमा निरन्तरता पाउने २० खेलाडीहरुमा इन्दु बर्मा, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना कुमारी चौधरी, रुवी पोदार, पूजा महतो, कविता कुँवर, रुविना क्षेत्री, सना प्रवीण, ईश्वरी बिस्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी सावद, मनीषा उपाध्याय, सिता राना मगर र काजोल श्रेष्ठ रहनुभएको छ । ग्लोबल छनोटका लागि क्यानले भारतीय हर्शल जयन्त पाठकलाई महिला टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक विदेशी प्रशिक्षक पाएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...