अन्तरिक्ष अनुसन्धानमा इरानको नयाँ कदम

Published on

काठमाडौं । इरानले कृषि तथा वातावरणीय अध्ययनका लागि स्वदेशमै निर्माण गरिएका तीन उपग्रहलाई रुसबाट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यस प्रक्षेपणले इरानको अन्तरिक्ष कार्यक्रम विस्तार हुँदै गएको सङ्केत दिएको छ । ‘पायाँ’ उपग्रह हालसम्मकै सबैभन्दा उन्नत स्वदेशी उपग्रह मानिन्छ, जसले जलस्रोत व्यवस्थापन, वातावरणीय अनुगमन तथा भू-नक्साङ्कनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । ‘जफर-२’ उपग्रह प्राकृतिक स्रोत, कृषि र विपद व्यवस्थापनका लागि उपयोगी उच्चस्तरीय तस्बिर उपलब्ध गराउन सक्षम छ । ‘कोसर-१’ उपग्रहले पनि पृथ्वीको अवलोकन गरी कृषि, जलस्रोत तथा भू-भाग अनुगमनमा महत्वपूर्ण योगदान दिने जनाइएको छ । इरानी अधिकारीहरूले उपग्रह कार्यक्रम पूर्णरूपमा शान्तिपूर्ण र नागरिक प्रयोजनका लागि मात्र सञ्चालन गरिएको स्पष्ट पारेका छन् ।  गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...