अन्तरिक्ष अनुसन्धानमा इरानको नयाँ कदम

Published on

काठमाडौं । इरानले कृषि तथा वातावरणीय अध्ययनका लागि स्वदेशमै निर्माण गरिएका तीन उपग्रहलाई रुसबाट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यस प्रक्षेपणले इरानको अन्तरिक्ष कार्यक्रम विस्तार हुँदै गएको सङ्केत दिएको छ । ‘पायाँ’ उपग्रह हालसम्मकै सबैभन्दा उन्नत स्वदेशी उपग्रह मानिन्छ, जसले जलस्रोत व्यवस्थापन, वातावरणीय अनुगमन तथा भू-नक्साङ्कनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । ‘जफर-२’ उपग्रह प्राकृतिक स्रोत, कृषि र विपद व्यवस्थापनका लागि उपयोगी उच्चस्तरीय तस्बिर उपलब्ध गराउन सक्षम छ । ‘कोसर-१’ उपग्रहले पनि पृथ्वीको अवलोकन गरी कृषि, जलस्रोत तथा भू-भाग अनुगमनमा महत्वपूर्ण योगदान दिने जनाइएको छ । इरानी अधिकारीहरूले उपग्रह कार्यक्रम पूर्णरूपमा शान्तिपूर्ण र नागरिक प्रयोजनका लागि मात्र सञ्चालन गरिएको स्पष्ट पारेका छन् ।  गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...