गाजामा बायरन आँधीको कहरः करिब २ लाख ३५ हजार मानिस प्रभावित

Published on

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय प्यालेस्टाइनी शरणार्थी राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले हालै गाजा पट्टीमा आएको बायरन आँधीका कारण करिब दुई लाख ३५ हजार मानिस प्रभावित भएको जानकारी दिएको छ।युएनआरडब्लुएका अनुसार १० देखि १७ डिसेम्बरसम्म चलेको आँधीले आवासीय भवनहरू भत्किनुका साथै शरणार्थी शिविर र अस्थायी आश्रयस्थलमा ठूलो क्षति पुर्‍याएको छ। एजेन्सीले सामाजिक सञ्जाल एक्समार्फत लामो समयदेखि जारी युद्ध र विस्थापनका कारण गाजाका धेरै मानिस भग्नावशेष, अस्थायी टहरा तथा जीर्ण शिविरमा बस्न बाध्य भएको उल्लेख गरेको छ।

आँधीलाई प्राकृतिक प्रकोपको रूपमा चित्रण गर्दै युएनआरडब्लुएले इजरायली नरसंहारपछि सुरक्षित आश्रयको गम्भीर अभावका कारण क्षति झनै बढेको जनाएको छ। विवरणअनुसार कम्तिमा १७ वटा भवन पूर्ण रूपमा ढलेका छन् भने ४२ हजारभन्दा बढी शिविर तथा अस्थायी आवासमा क्षति पुगेको छ, जसको असर प्रत्यक्ष रूपमा दुई लाख ३५ हजार मानिसमा परेको छ। यसअघि यसै महिनाको सुरुमा गाजामा आएको मौसमी प्रकोपका कारण चार बालबालिकासहित १८ जनाको ज्यान गएको थियो। साथै, लामो युद्धबाट कमजोर बनेको गाजाको करिब ९० प्रतिशत आश्रयस्थल बाढीको चपेटामा परेको युएनआरडब्लुएले जनाएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...