गाजामा बायरन आँधीको कहरः करिब २ लाख ३५ हजार मानिस प्रभावित

Published on

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय प्यालेस्टाइनी शरणार्थी राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले हालै गाजा पट्टीमा आएको बायरन आँधीका कारण करिब दुई लाख ३५ हजार मानिस प्रभावित भएको जानकारी दिएको छ।युएनआरडब्लुएका अनुसार १० देखि १७ डिसेम्बरसम्म चलेको आँधीले आवासीय भवनहरू भत्किनुका साथै शरणार्थी शिविर र अस्थायी आश्रयस्थलमा ठूलो क्षति पुर्‍याएको छ। एजेन्सीले सामाजिक सञ्जाल एक्समार्फत लामो समयदेखि जारी युद्ध र विस्थापनका कारण गाजाका धेरै मानिस भग्नावशेष, अस्थायी टहरा तथा जीर्ण शिविरमा बस्न बाध्य भएको उल्लेख गरेको छ।

आँधीलाई प्राकृतिक प्रकोपको रूपमा चित्रण गर्दै युएनआरडब्लुएले इजरायली नरसंहारपछि सुरक्षित आश्रयको गम्भीर अभावका कारण क्षति झनै बढेको जनाएको छ। विवरणअनुसार कम्तिमा १७ वटा भवन पूर्ण रूपमा ढलेका छन् भने ४२ हजारभन्दा बढी शिविर तथा अस्थायी आवासमा क्षति पुगेको छ, जसको असर प्रत्यक्ष रूपमा दुई लाख ३५ हजार मानिसमा परेको छ। यसअघि यसै महिनाको सुरुमा गाजामा आएको मौसमी प्रकोपका कारण चार बालबालिकासहित १८ जनाको ज्यान गएको थियो। साथै, लामो युद्धबाट कमजोर बनेको गाजाको करिब ९० प्रतिशत आश्रयस्थल बाढीको चपेटामा परेको युएनआरडब्लुएले जनाएको छ।

spot_img

ताजा समाचार

मौरिससमा रहेका १४ हजार नेपाली श्रमिकको अधिकारबारे छलफल

काठमाडौँ । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी...

भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

बझाङ - बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५०...

बंगालको खाडीमा चक्रवात विकसित हुँदै, नेपालमा ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

काठमाडौँ - बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने र त्यसको प्रभाव नेपालमा...

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका...