गाम्बियाको तटमा आप्रवासी बोकेको डङ्गा डुब्दा सात जनाको मृत्यु, दर्जनौँ बेपत्ता

Published on

काठमाडौं । गाम्बियाको तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ बेपत्ता भएको अधिकारीले बताएका छन् । विज्ञप्ति जारी गर्दै गाम्बियन सरकारले अनुमानित २०० भन्दा बढी आप्रवासी बोकेको डुङ्गा समुद्रीक तटमा दुखद दुर्घटना भएको पुष्टि गरेको बताएको छ । 

डुङ्गा देशको उत्तरी किनाराको गिनाक गाउँ नजिकै दुर्घटना भएको बताइएको छ । अधिकारीले डङ्गामा सवार कम्तीमा ९६ जनालाई उद्धार गरिएको र तीमध्ये धेरैजना गम्भीर घाइते भएको बताएका छन् । दुर्घटनाको सुचना प्राप्त भएपछि गाम्बियन नौसेनाले यस क्षेत्रमा उल्लेख्य नौसैनिक जहाज तैनाथ गर्दै खोजी र उद्धार अभियान सुरु गरेको जनाएको छ ।  

अनियमित आप्रवासीले प्रायः स्पेनको क्यानरी टापुमा खतरनाक एटलान्टिक तट पार गर्ने प्रयास गर्छन् । जसलाई उनीहरुले युरोपको प्रवेशद्वारका रुपमा प्रगोग गर्दै आएका छन । यद्यपि, सेनेगल, मौरितानिया र मोरक्कोको तटमा कडा समुद्री नियन्त्रणले तस्करलाई गाम्बिया र गिनीबाट थप टाढाको प्रस्थान बिन्दु प्रयोग गर्न बाध्य पारेको जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...