अल शबाब विरुद्ध मध्य क्षेत्रको अपरेसनमा २९ जना लडाकु मारिएको सोमाली सेनाको दावी

Published on

काठमाडौं । सोमालियाको सेनाले देशको मध्य क्षेत्रमा अल शबाब विरुद्ध  सैन्य कारबाहीका क्रममा २९ जना अल शबाब लडाकु मारिएको दावी गरेको छ । विज्ञप्ति जारी गर्दै सोमाली सेनाले राजधानी मोगादिशुको दक्षिण-पूर्वमा रहेको मध्य शाबेल क्षेत्रको जुबाद गुद्नी क्षेत्रमा आतङ्कवादी स्थानलाई लक्षित गरी अपरेसन सरु गरेको बताएको छ ।

अपरेसनमा मारिनेमा वरिष्ठ कमाण्डर र प्रमुख अपरेटिभसमेत रहेको सेनाले जनाएको छ । पछिल्लो हप्तादेखि चलिरहेको अभियानको एक हिस्साको रूपमा अन्तर्राष्ट्रिय साझेदारसँग समन्वयमा अपरेसन गरिएको विज्ञप्तिमा भनिएको छ । सेनाले व्यापक अभियानले अलनाली र हावडलेका क्षेत्र पनि समेटेको उल्लेख गर्दै लगभग १३५ अल शबाब लडाकुको मृत्यु भएको र समूहका धेरै आधार ध्वस्त भएको जनाएको छ ।

अल कायदासँग जोडिएको अल शबाबले एक दशक भन्दा बढी समयदेखि सोमाली सरकारसँग लडिरहेको छ । पछिल्लो समयमा सोमाली सुरक्षा बलले समूहको बिरूद्ध तीव्र आक्रमणको एक हिस्साको रूपमा देशको मध्य र दक्षिणी भागका धेरै सहर र गाउँ पुनः कब्जा गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...