१२ हजार प्यालेस्टिनी बालबालिका वेस्ट ब्याङ्कमा जबरजस्ती विस्थापनको अवस्थामा बाँचिरहेका छन् : युएनआरडब्लुए

Published on

काठमाडौं । इजरायलको चलिरहेको सैन्य कारबाहीको परिणाम स्वरूप १२ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिका वेस्ट ब्याङ्कमा “जबरजस्ती विस्थापन”को अवस्थामा बाँचिरहेको प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए)ले जनाएको छ ।सन् २०२५ जनवरी-२१, देखि, इजरायली सेनाले उत्तरी वेस्ट ब्याङ्कमा “आइरन वाल” भनेर चिनिने सैन्य कारबाही गरिरहेको छ, जुन जेनिन शरणार्थी शिविरबाट सुरु भएर नूर शम्स र तुलकार्म शरणार्थी शिविरमा विस्तार भएको छ । युएनआरडब्लुएले सामाजिक सञ्जाल एक्समा कब्जामा रहेको वेस्ट ब्याङ्कमा बालबालिकाको जबरजस्ती विस्थापनको अवास्था बताएको हो ।

एजेन्सिले फेब्रुअरी २०२५ मा यसले उत्तरी वेस्ट ब्याङ्कमा विस्थापित बालबालिकाका लागि आपतकालीन शिक्षा कार्यक्रम सुरु गरी अस्थायी सिकाइ, अनलाइन शिक्षण, आत्म-सिकाइ सामग्रीको वितरण र मनो-सामाजिक समर्थनको माध्यमबाट उनीहरूको शिक्षाको निरन्तरता सुनिश्चित गरेको जनाएको छ । युएनआरडब्लुएले वेस्ट ब्याङ्कका स्कुलमा करिब ४८ हजार प्यालेस्टिनी बालबालिका अध्ययनरत रहेको उल्लेख गरेको छ । सन् २०२३ अक्टोबर-७ मा गाजा पट्टीमा युद्ध सुरु भएदेखि, इजरायली सेनाले वेस्ट ब्याङ्कमा प्यालेस्टिनी नागरिकको हत्या गर्ने, घर ध्वस्त पार्ने र बासिन्दालाई विस्थापित गर्ने, र बस्ती निर्माण विस्तार गर्ने जस्ता कार्य तीव्र पारेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...