‘इन्दिरा प्रसाईको कथाको सौन्दर्यशास्त्र’ लोकार्पण

Published on

काठमाडौं । समालोचक प्राडा. वासुदेव त्रिपाठीले प्राडा. दयाराम श्रेष्ठद्वारा लिखित  ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थको लोकार्पण गर्नु भएको छ । वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा प्रमुख अतिथि डा. त्रिपाठीले भन्नु भयो,  ‘नेपाली कथा साहित्यका आधिकारिक विशेषज्ञ प्राडा. दयाराम श्रेष्ठले सिद्धहस्त कथाकार इन्दिरा प्रसाईका कथाबारे समालोचना गरेर ठुलो न्याय गर्नु भएको छ ।’ समारोहमा लेखक प्राडा. दयाराम श्रेष्ठले भन्नु भयो,  ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्रको विवेचना र मीमांसा गरिएको यस कृतिमा मैले कथासम्बन्धी आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गरेको छु । यो मेरो प्रयोगात्मक अध्ययनको नमुना हो । यो मेरो अभियानको प्रथम कोसेली पनि हो ।’

नइ एकेडेमीबाट प्रकाशित सो ग्रन्थबारे प्रसिद्ध समालोचक प्रा. केशव सुवेदीले भन्नु भयो,  ‘यो ग्रन्थ नेपाली कथा समालोचना परम्पराको नवआयाम हो । कथाका अध्यता अनुसन्धाताहरूका लागि यसले मार्गनिर्देश गर्ने छ ।’ समारोहमा कथाकार इन्दिरा प्रसाईले  ‘प्रस्तुत ग्रन्थ मेरो लेखनयात्राको स्वर्णिम उपलब्धि हो’ भन्नु भयो । वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरीको सभापतित्वमा सञ्चालित सो समारोहमा फाउन्डेसनका उपाध्यक्ष प्राडा. ऋषिराम शर्मा र सदस्यसचिव नरेन्द्रराज प्रसाईले कृतिबारे प्रकाश पार्नु भयो । 

समारोहमा काठमाडौं महानगरपालिका–३१ का वडाध्यक्ष तथा समाजसेवी सरोज ढकालले  ‘नेपाली साहित्यका विश्व नारी रत्न वानीरा गिरी हाम्रो देशकै गौरव हुनु हुन्थ्यो । उहाँको सम्मानमा काठमाडौँ महानगरपालिकाले यस क्षेत्रलाई ‘वानीरा मार्ग’ नामकरण गरिएको छ’ भन्नु भयो । त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका पूर्व प्रमुख प्राडा. दयाराम श्रेष्ठ नेपाली कथा साहित्यका प्रथम विद्यावारिधि हुनुहुन्छ । उहाँले ३६ वर्ष प्राध्यापन गर्नु भएको थियो । उहाँका ३० वटा कृति प्रकाशित छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...