अफ्रिकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

Published on

काठमाडौं । अफ्रिकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहले गरेको आक्रमणमा कम्तिमा ११ जना प्रहरी अधिकारीको मृत्यु भएको सुरक्षा स्रोतले बिहीबार रिपोर्ट गरेको छ । स्रोतले सयौं आतङ्ककारीले देशको पूर्वी भागमा गौरमा प्रान्तको डायपाङ्गोउ विभागको बाल्गा क्षेत्रमा सुरक्षा क्षेत्र लक्षित आक्रमण गरेको जनाएका छन् । आक्रमणको परिणाम स्वरूप घटना स्थलमा सात जना प्रहरी अधिकारीको तत्काल मृत्यु भएको र अन्य चार जना घाइतेको उपचारको क्रममा मृत्यु भएसँगै मृतकको सङ्ख्या ११ पुगेको जनाइएको छ । अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोले सन् २०१५ देखि अल-कायदासँग सम्बन्धीत सशस्त्र समूहले बारम्बार आक्रमण गरेको जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...