स्कटल्यान्डसँग हारेसँगै नेपाल महिला विश्वकप छनोटबाट बाहिरियो

Published on

काठमाडौं । नेपाल आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटबाट बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनले पराजित भएसँगै नेपाल बाहिरिएको हो । नेपालले छनोट खेलमा तेस्रो हार खेप्यो । चार खेलमा नेपालले यसअघि टेस्ट राष्ट्र जिम्बावेलाई ६ विकेटले हराएको थियो । जितका लागि एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा नौ विकेटको क्षतिमा ६८ रनमा इनिङ सकेको थियो । कप्तान इन्दु बर्माले चोटका कारण बिचमै मैदान छाड्नुभएको थियो । नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४/१४ रन बनाउनुभयो ।

रुबिना क्षेत्रीले १० रन जोड्नुभयो । बलिङमा स्कटल्यान्डका अब्ताहा मकसुदले तीन विकेट लिनुभयो । यस्तै कप्तान क्याथरिन ब्राइस र क्याथरिन फ्रेजरले दुई दुई तथा ओलिभिया बेल र रचेल स्लेटरले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ४० रन बनाएको थियो । 

स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाउनुभयो । अलिसा लिस्टरले २२, सराह ब्राइसले १८ र मेगान मेकलले १७ रन जोड्नुभयो । बलिङमा नेपालकी मनीषा उपाध्यायले चार विकेट लिनुभयो । रुबिना क्षेत्रीले तीन तथा सीता रानामगर, रिया शर्मा र कविता जोशीले एक एक विकेट लिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...