अमेरिकी फिर्तीको कारण सही नभएको डब्ल्युएचओ प्रमुखको दावी

Published on

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले शनिबार अमेरिकाले विश्वव्यापी स्वास्थ्य अनुगमनकारी संस्था (डब्ल्युएचओ)बाट पछि हट्नुपर्ने कारणलाई ‘असत्य’ भन्नुभएको छ । सामाजिक सञ्जाल एक्समा डब्ल्यूएचओ प्रमुख टेड्रोसले टिप्पणी गर्नुभयो, यो कदमले संयुक्त राज्य अमेरिका र विश्वलाई ‘कम सुरक्षित’ बनाउने छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन सन् २०२५ जनवरी २० मा संयुक्त राष्ट्रसङ्घको विशेष निकायबाट औपचारिक रूपमा बाहिरिने कार्यविधिमा हस्ताक्षर गर्नु भएको थियो । 

त्यसको दुई दिनपछि संयुक्त राष्ट्रसङ्घले औपचारिक सूचना प्राप्त गरेको थियो । संयुक्त राष्ट्रसङ्घको बडापत्र अनुसार यो फिर्ती सूचना दिएको एक वर्षपछि लागु हुने छ । डब्लुएचओको धेरै महान उपलब्धिमा संस्थापक सदस्यको रूपमा संयुक्त राज्य अमेरिकाले गरेको योगदानको प्रशंसा गर्दै टेड्रोसले एक्समा गरेको पोस्टमा लेख्नु भएको छ, “दुर्भाग्यवस, डब्ल्यूएचओबाट बाहिरिने अमेरिकाको निर्णयको कारणमा सत्यता छैन ।” अमेरिकी कदमले अमेरिका र विश्व दुवैलाई सुरक्षित बनाउने र भविष्यमा डब्लुएचओमा सक्रिय सहभागितामा फर्कने आशा व्यक्त गर्नुभयो । डब्लुएचओले शनिबार एक विज्ञप्ति जारी गरी ट्रम्प प्रशासनले लगाएको आरोपको खण्डन गर्दै अमेरिकी फिर्तीप्रति खेद व्यक्त गरेको थियो ।

अमेरिकी फिर्तीले त्यस्ता मुद्दा उठाउँछ, जुन डब्ल्यूएचओको कार्यकारी समितिले सन् २०२६ फेब्रुअरी २ मा सुरु हुने नियमित बैठकमा र मेमा हुने विश्व स्वास्थ्य सम्मेलनले आफ्नो वार्षिक बैठकमा विचार गर्ने छ । डब्लुएचओको एक प्रेस अधिकारीले सिन्ह्वासँग भन्नुभयो, “परिणामको सामना गर्न डब्ल्यूएचओ सचिवालयले हाम्रा परिचालक निकायको सल्लाह र मार्ग दर्शनमा तदअनुसार कार्य गर्ने छ ।” ती अधिकारीका अनुसार अमेरिकाले आफ्नो सदस्यता बक्यौता भुक्तान गर्न बाँकी छ । “आजसम्म, संयुक्त राज्य अमेरिकाले सन् २०२४ र सन् २०२५ को लागि आफ्नो मूल्याङ्कन योगदानको तोकिएको रकम भुक्तानी गरेको छैन,” अधिकारीले भने । अमेरिकास्थित नेसनल पब्लिक रेडियो (एनपीआर)ले रिपोर्ट गरेअनुसार यो दुई वर्षको कुल बक्यौता रकम लगभग २७८ मिलियन अमेरिकी डलर हुन आउँछ । गोरखापत्र

spot_img

ताजा समाचार

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्नुहुने भएको छ । नेपाली...

रेसुङ्गा पार्कले बढायो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा...

महिला लिग : संकटाको विजयी सुरुवात

काठमाडौं । संकटा क्लबले सहिद स्मारक एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति...