कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Published on

काठमाडौं । इलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेम बहादुर खवाससहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोागका प्रवक्ता सुरेश न्यौपानका अनुसार खवाससहित राजपुर गाउँपालिका वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिर, तत्कालीन वडा सचिव (स्थानीय पञ्जिकाधिकारी) राजेश कुमार कहार, कार्यालय सहायक मिना चौधरी, आलम जोल्हा र आएसा जोल्हाविरुद्ध सरकारी कागजात सच्याएको एवम् गलत लिखत तयार गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ । 

आयोगकाअनुसार उनीहरुले दाङको राजपुर गाउँपालिका, वडा नं.४ स्थायी ठेगाना भएको भनी झुट्टा लिखत तयार गरी गराइ सरकारी कागजात सच्याइ नागरिकलाई नागरिकताको प्रमाणपत्र दिलाइ लिइ भ्रष्टाचार गरेको आरोप लागेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुरमा कैद र जरिवानाको सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...