छ महिनामा बाँकेको एक पालिकामा ५२ क्षयरोगी फेला

Published on

काठमाडौं । बाँके जिल्ला अझैपनि क्षयरोगको जोखिममा रहेको पाइएको छ । जिल्लाको एउटा पालिकामा मात्रै छ महिनामा ५२ जना नयाँ क्षयरोगी भेटिएपछि जिल्लामा क्षयरोगको जोखिम बढ्दै गएको पुष्टि भएको हो । जिल्लाको खजुरा गाउँपालिकामा पछिल्लो छ महिनामा ५२ जना क्षयरोगी फेला परेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सो शाखाका अनुसार फेला परेका सबै क्षयरोगीलाई शाखा अन्तर्गतका स्वास्थ्य संस्थामार्फत निःशुल्क उपचार सेवा प्रदान गरिँदै आएको छ । स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओलीका अनुसार सबैभन्दा बढी वडा नम्बर ८ मा १४ जना क्षयरोगी फेला परेका छन् भने वडा नम्बर १ र ६ मा क्षयरोगी शून्य छन् । वडा नम्बर २ मा ६ जना, वडा नम्बर ३ मा १२ जना, वडा नम्बर ४ र ५ मा समान ५–५ जना तथा वडा नम्बर ७ मा १० जना क्षयरोगी फेला परेको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले खजुरा क्षयरोगको अत्यधिक जोखिममा रहेको देखिएको जनाउँदै यो रोग अत्यन्तै सरुवा रोग भएकाले समयमै पहिचान र उपचार आवश्यक रहेको बताउनुभयो । उहाँले एक जना क्षयरोगीबाट १० देखि १५ जनासम्ममा रोग सर्न सक्ने जोखिम रहने भएकाले समुदायस्तरमै सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य शाखाले लामो समयसम्म खोकी लागेमा बेवास्ता नगरी तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन, औषधी पूरा अवधि नियमित सेवन गर्न र उपचार अधुरो नछाड्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

यसैगरी, भीडभाडमा मास्क प्रयोग गर्ने, घरभित्र पर्याप्त हावा–प्रवाहको व्यवस्था मिलाउने, पोषणयुक्त खाना खाने तथा सङ्क्रमित व्यक्तिसँग सम्पर्क गर्दा सावधानी अपनाउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । क्षयरोग लुकाएर बस्नुपर्ने रोग नभएकाले लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा गई निःशुल्क जाँच तथा उपचार सेवा लिन स्वास्थ्य शाखाका प्रमुख केसीले सबैलाई अनुरोध गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...