राष्ट्रिय लिग : सातदोबाटो र चित्लाङको बराबरी

Published on

काठमाडौं । सातदोबाटो युथ क्लब र चित्लाङ फुटबल क्लबले एन्फा राष्ट्रिय लिगमा गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । एन्फा मुख्यालय मैदान सातदोबाटोमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । बराबरी सँगै दुवै टोलीले पाँच खेलबाट समान पाँच पाँच अङ्क बनाएको छ । सोमबार नै भएको अर्को खेलमा विभागीय टोली एपिएफ क्लबले सङ्कटा क्लबलाई २–१ गोलले पराजित गरेको छ । 

लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ‘ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ । गोरखापत्र

spot_img

ताजा समाचार

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली...

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...