राष्ट्रिय लिग : सातदोबाटो र चित्लाङको बराबरी

Published on

काठमाडौं । सातदोबाटो युथ क्लब र चित्लाङ फुटबल क्लबले एन्फा राष्ट्रिय लिगमा गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । एन्फा मुख्यालय मैदान सातदोबाटोमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । बराबरी सँगै दुवै टोलीले पाँच खेलबाट समान पाँच पाँच अङ्क बनाएको छ । सोमबार नै भएको अर्को खेलमा विभागीय टोली एपिएफ क्लबले सङ्कटा क्लबलाई २–१ गोलले पराजित गरेको छ । 

लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ‘ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ । गोरखापत्र

spot_img

ताजा समाचार

कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म, कर्मचारीले सवारी चलाए चालकको सेवासुविधा दिइने

काठमाडौँ – सरकारी गाडीको खरिद, इन्धन, मर्मत र चालकको तलबमा हुने खर्च घटाउने उद्देश्यले सरकारले...

प्रहरीको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना लाभान्वित

काठमाडौँ - बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट १ हजार...

महिला यू-१९ टी-२० विश्वकपका १५ खेल नेपालमा हुने

काठमाडौँ – नेपाल र बंगलादेशमा संयुक्त रूपमा आयोजना हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकप...

साउदी अरबमा ड्रोन आक्रमणको प्रयासमा एक नेपालीसहित दुई श्रमिकको मृत्यु

काठमाडौँ – साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित...