भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु

Published on

काठमाडौं । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा आएको चक्रवात ह्यारीको कारण करिव एक हजारको मृत्यु हुनुका साथै धेरै आप्रवासी बेपत्ता भएको मेडिटेरेनिया सेभिङ ह्युमन्सले जनाएको छ । इटालीस्थित राहत संस्था, “मेडिटेरेनिया सेभिङ ह्युमन्स” ले प्रेस विज्ञप्ती जाररुी गर्दै चक्रवात ह्यारीको समयमा लगभग एक हजार मानिस समुद्रमा हराएर मृत्यु भएको हुन सक्ने बताएको हो । इटाली, माल्टा, लिबिया र ट्युनिसियाको बिचमा अवस्थित मध्य भूमध्य मार्ग हालैका वर्षमा युरोपमा अनियमित आप्रवासन प्रवाहका लागि सबै भन्दा व्यस्त मार्ग मध्ये एक मानिएको छ । युरोपेली गैर-सरकारी संस्थाले सामान्यतया उत्तर अफ्रिकाको तटबाट प्रस्थान गरेपछि संकटग्रस्त अवस्थामा परेका आप्रवासीहलाई उद्धार गर्ने गरेको जनाइएको छ । जनवरी १८-२५ को बिचमा, चक्रवात ह्यारीले इटालीको दक्षिणी तट र माल्टा टापुमा ठुलो क्षति पुर्याएको जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...