काबुलको कूटनीतिक दबाबपछि युएईद्वारा सयभन्दा बढी अफगान कैदी रिहा

Published on

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ)ले अफगानिस्तानको विदेश मन्त्रालयको विशेष निर्देशन र युएईमा इस्लामिक इमिरेट्सको दूतावासको लगातार कूटनीतिक प्रयासपछि राष्ट्रिय दिवसको अवसरमा एक सय १०० भन्दा बढी अफगान नागरिकलाई जेलबाट रिहा गरेको जनाएको छ । रिहा भएका केही व्यक्ति अफगानिस्तान फर्के सकेको र बाँकीका लागि फिर्ती प्रयास भई रहेको र आवश्यक कानुनी प्रक्रिया पछि चाँडै फर्किने जनाइएको छ । विदेश मन्त्रालयले युएई सरकार र यसका सम्बन्धित अधिकारीलाई उनीहरूको सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै विदेशमा रहेका अफगान कैदीको रिहाइको अनुगमन र सुरक्षा मन्त्रालयको प्रमुख प्राथमिकता रहेको बताएको छ । टोलो न्यूजले राजनीतिक विश्लेषक सैयद गरिबुल्लाह सादतलाई उदृत गर्दै यो प्रत्रियालार्ई थप व्यवस्थित गरि विभिन्न राष्ट्रबाट अफगान नागरिकलाई फिर्ता गर्न वदेश मामिला मन्त्रालय र शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालय विच संयुक्त समन्वय समिति गठन गर्ने प्रस्ताव गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान

काठमाडौं - नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय...

एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...

दीर्घायुकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज...

१३ देशका लागि राजदूत सिफारिस

काठमाडौँ, असोज २ गते । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त...